सोम, जेष्ठ २५, २०८३

स्वर्गद्वारी गुठी किसानको माइतीघरमा धर्ना, मोहियानी हकको माग।


काठमाडौं।माइतीघरमा धर्नामा बसेका दाङको स्वर्गद्वारी गुठीपीडित मोही किसान ।

मोहियानी हकको माग राख्दै काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका पीडित किसानले २० माघदेखि निरन्तर माइतीघरमा धर्ना दिँदै आएका छन् ।

पीडितले मंगलबारको धर्नाका क्रममा ‘जमिनमाथिको द्वैध स्वामित्व अन्त्य गर, मोही पुर्जाको हक सुनिश्चित गर, गुठी ऐन जारी गर, धर्मको नाममा शोषण गर्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेका थिए ।

गुठी किसानसँग संवाद गरी यथाशीघ्र गुठीसम्बन्धी ऐन ल्याइनुपर्ने, गुठी जग्गा रैकर गरी किसानलाई जग्गाधनी प्रमाण पुर्जा दिनुपर्ने, जोताहाका नाममा दर्ता हुन बाँकी जग्गाको स्रेस्ता कायम गरी रैकर पुर्जा उपलब्ध गराउनुपर्ने माग उनीहरूको छ ।

सम्बन्धित समाचार

Leave a Reply