नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी अहिले सरकारमा सहभागी नहुने बताएका छन्।
टीकापुरमा आज थारु राष्टिय मुक्ति मोर्चाको राष्टिय सम्मेलनलाई उदघाटन गर्दै उनले कांग्रेस वा एमालेसंग मिलेर माओवादी सरकारमा नजाने बताए।हामी अहिले कांग्रेस वा एमालेसंग मिलेर सरकारमा जाने पक्षमा छैनौ, उनले भने, हामी अहिले जनातको बिचमा गएका छौं।
२०८४ को चुनावमा सबैभन्दा ठूलो पार्टी भएर सरकारको नेतृत्व गर्छौ।उनले विगतमा काग्रेस र एमालेसंग आफूहरुमा देखिएका गल्ती सच्याउन जनातको बिचमा आएको बताए।
प्रचण्डले आगामी २०८४ को निर्वाचनमा माओवादी २०६४ को जस्तै सबैभन्दा ठूलो पार्टी बन्ने दावी गरे। अध्यक्ष दाहालले कांग्रेस र एमाले संघियता उल्ट्याउने खेलमा लागेको आरोप लगाए।
संघियतामा स्वायत क्षेत्रको व्यवस्था कार्यान्वयन सम्बन्धि कानून निर्माण गर्न काग्रेस एमालेले नचाहेको उनले बताए।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी अहिले सरकारमा सहभागी नहुने बताएका छन्।
टीकापुरमा आज थारु राष्टिय मुक्ति मोर्चाको राष्टिय सम्मेलनलाई उदघाटन गर्दै उनले कांग्रेस वा एमालेसंग मिलेर माओवादी सरकारमा नजाने बताए।
हामी अहिले कांग्रेस वा एमालेसंग मिलेर सरकारमा जाने पक्षमा छैनौ, उनले भने, हामी अहिले जनातको बिचमा गएका छौं। २०८४ को चुनावमा सबैभन्दा ठूलो पार्टी भएर सरकारको नेतृत्व गर्छौ।
उनले विगतमा काग्रेस र एमालेसंग आफूहरुमा देखिएका गल्ती सच्याउन जनातको बिचमा आएको बताए। प्रचण्डले आगामी २०८४ को निर्वाचनमा माओवादी २०६४ को जस्तै सबैभन्दा ठूलो पार्टी बन्ने दावी गरे। अध्यक्ष दाहालले कांग्रेस र एमाले संघियता उल्ट्याउने खेलमा लागेको आरोप लगाए।
संघियतामा स्वायत क्षेत्रको व्यवस्था कार्यान्वयन सम्बन्धि कानून निर्माण गर्न काग्रेस एमालेले नचाहेको उनले बताए।

