सोम, जेष्ठ २५, २०८३

राष्ट्रिय माविको ५२औँ बार्षिकोत्सव, शैक्षिक गुणस्तर बृद्धि भएपछि विद्यार्थीको आकर्षण


कञ्चनपुर ।फागुन २० कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

मंगलबार कृष्णपुर नगरपालिका १पहरियाको राष्ट्रिय माध्यामिक विद्यालयले ५२औैँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

जिल्लाको उत्तरी चुरे गाँउबस्तीमा रहेको उक्त विद्यालयले पछिल्ला बर्षहरुमा शैक्षिक गुणस्तर बृद्धि गर्दै आएको प्रसंसा गरिएको छ ।

बार्षिकोत्सव कार्यक्रममा प्रद्यानाध्यापक गणेश दत्त शर्माले शैक्षिक गुणस्तर बृद्धि गर्दै आएको र आगामी दिनमा पनि निरन्तर बृद्धि गर्दै जाने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रअ शर्माले दरबन्दी अनुरुप शिक्षक पदपूर्ति हुन नसकेपछि उपलब्ध जनशक्तिले अधिकतम शैक्षिक कामकाज गर्दै आएको दावि गरेका छन ।

अतिरिक्त कक्षा संचालन गरेरै भएपनि शैक्षिक स्तर बृद्धिका कामकाज गरिरहेको बताउँदै प्रअ शर्माले आउँदो शैक्षिक सत्रदेखि कक्षा ६माथि अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठन पठान गरिनेछ ।

‘अहिले हामीले बाल विकासदेखि कक्षा ५सम्म दुवै माध्यामबाट पठन पाठन गराईरहेका छौँ, ‘उनले भने, ‘निकट भविष्यमा बाल विकासका कक्षा थप स्तरिय बनाउनेदेखि माथिल्ला कक्षा समेत स्तरिय बनाउँछौँ ।

’ उनले आउँदो शैक्षिक सत्र ०८२देखि शुक्रबारमा बुकफ्रि फ्राईडे अन्र्तरगत विवित कार्यक्रम गर्ने बताए । विद्यार्थीलाई थप अनुशासन र जिम्मेबार बनाउन एनसिसी तालिमदेखिका अतिरिक्त कृयाकलापमा सहभागि गराईदै आएको छ ।

अहिले विद्यालयकमा ५७६विद्यार्थी अध्ययनरत छन । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश ठकुल्ला(कमल क्षेत्री)ले आगामी दिनमा सामुदायिक विद्यालय साच्चिकै बनाउनेदेखि विज्ञान प्रविधि सहितका शैक्षिक कार्यक्रम संचालन गर्ने बताए ।

त्यसका लागि समुदाय सहित सरोकारवालाको साथ सर्मथन आवश्यक रहेको बताए । कार्यक्रममा हरिमाया तिलक खनाल अक्षयकोषबाट कक्षा १२का उत्कृष्ट विद्यार्थी सन्तोष लुहारलाई नगद ५ हजार ५५५रुपैया छात्रबृति प्रदान गरिएको छ ।

उत्कृष्ट अन्य विद्यार्थीहरुलाई समेत पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझाले नगर क्षेत्रका सामुदायिक विद्यालय मध्ये राष्ट्रिय माविले समेत राम्रो काम गरेको बताउँदै पालिकाबाट आवश्यक सहयोग गर्ने बचन दिएका छन ।

मेयर ओेझाले सामुदायिक विद्यालयको बृद्धि विकासका लागि दत्तचित्त भएर कामकाज गर्न समेत आग्रह गरेका छन ।

माध्यामिक तहका युवा कुसल शिक्षक गणेश प्रशाद शर्मा र पुर्व सासद हरिश ठकुल्ला(कमल क्षेत्री)ले नेतृत्व सम्हालेपछि सामुदायिक विद्यालयको मुहारै फेरिन लागेको स्थानीय रविराम लुहारको भनाई छ ।

उनका अनुसार विगतमा टुहुरो जस्तै रहेको विद्यालय सुधारोन्मुख भईरहेको छ ।

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधी, सर्वसाधारण सहितका सरोकारवालाको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply