सोम, जेष्ठ २५, २०८३

बर्दियामा भाले पाटे बाघ मृत फेला


काठमाडौं। बर्दियामा एक भाले पाटे बाघ मरेको अवस्थामा फेला परेको छ।

गुलरिया नगरपालिका वडा नम्बर १२ मा रहेको भवानी सामुदायिक वनमा भाले पाटेबाघ मरेको अवस्थामा फेला परेको हो।

सामुदायिक वनका उपभोक्ता र डिभिजन वन कार्यालयका कर्मचारीले सामुदायिक वन गस्ती गर्दा गन्ध आएपछि खोजबिन गर्ने क्रममा मरेको अवस्थामा बाघ फेला परेको हो।

बाघ केही साता अगाडि मरेको अनुमान गरिएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले बताउनुभयो।

बाघको प्रकृति हेर्दा लामो समयसम्म खान नपाएर मरेको हुनसक्ने उहाँले बताउनुभयो। बाघ करिब ३ वर्षको भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजीत तुम्बाहाङ्फेले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘कुहिएको अवस्थामा बाघ फेला परेको छ। मृतक बाघको शरीर कुहिएको हुँदा पोस्टमार्टम गर्नसमेत कठिन भएको छ।

सम्बन्धित समाचार

Leave a Reply