सोम, जेष्ठ २५, २०८३

“प्रचण्ड टिकापुरमा, थारु सम्मेलन उद्घाटन”


टिकापुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड टिकापुर आइपुग्नुभएको छ। राष्ट्रिय थारुमुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न टीकापुर आउनुभएको हो। अहिले टिकापुरमा थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम चलिरहेको छ।

यसअघि टिकापुर पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय नेता कार्यकर्ताहरूसँगको भेटघाट तथा विभिन्न कार्यक्रमहरूको उद्घाटन गरेका छन्। मङ्गलबार टिकापुरमा सुन चाँदी व्यवसायी महासंघ कैलालीको १२ौं जिल्ला सम्मेलनकाे उद्घाटन गर्नुभएको छ।

कैलाली जिल्ला सुनचाँदी व्यवसायी महासंघले प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई व्यवसायीहरूका मागहरू सहितको ज्ञापनपत्र समेत बुझाएका छन्।

सुनचाँदी व्यवसायी महासङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सुनचाँदी व्यवसायीहरूका मागहरु जायज रहेको भन्दै देशैभरि विभिन्न चरणमा आफूसँग सुनचाँदी व्यवसायका गुनासा र समस्याहरु जायज रहेको बताउँदै समस्या समाधानका लागि आफू लागि पर्ने बताउनुभयो।

अध्यक्ष प्रचण्डले सरकारसँग व्यवसायीहरूका माग पूरा गर्न कडा रूपमा प्रस्तुत हुनुपर्ने बताउँदै तयार रहन भन्नुभयो ।आजै टिकापुरको मुख्य बजार क्षेत्रमा गुलाब फूलको बिरुवा रोप्दै टिकापुरलाई गुलाबी सहर बनाउने योजनाको उद्घाटन गर्नुभएको छ। टिकापुरको बजारका मुख्य क्षेत्रमा गुलाब फूल रोप्ने अभियान सुरु भएको छ।

सो कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले टीकापुर सहर सुन्दर सहर भएकाले आफूले सुरुवात गरेको गुलाब रोप्ने अभियानले निरन्तरता र विस्तार हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

टिकापुरमा चलिरहेको थारु राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रमलाई सम्बोधनपछि आजै माओवादी अध्यक्ष प्रचण्ड पार्टीको हुलाकी राजमार्गमा सञ्चालित पूर्वपश्चिम राजनीतिक जागरण अभियानमा सहभागी हुने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार

Leave a Reply