कञ्चनपुर–कञ्चनपुरका पत्रकार माधव पौडेललाई मातृशोक परेको छ ।फागुन १९ गते सोमबार पत्रकार पौडेलकी ममतामयी माता धनरुपा पौडेलको ६९ औं वर्षमा निधन भएको हो ।
माताको निधनले पौडेल परिवारलाई शोकमय बनाएको छ । पारिवारिक जानकारी अनुसार माता केहि समयदेखि अस्वस्थ्य अवस्थामा रहनुभएको थियो ।
पत्रकार पौडेल नेपाल पत्रकार महासंघ कञ्चनपुरका निर्वाचित सदस्य हुन् ।
लामो समयदेखि कञ्चनपुरको दक्षिणीक्षेत्रमा रहि मोफोसलमा पत्रकारिता गर्दै आएका पत्रकार पौडेलले बेलौरी अनलाईन खबर सञ्चालन गर्दै आईरहेका छन् ।

