काठमाडौं।अगामी ५चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु)को निर्वाचनका लागि कञ्चनपुरका विभिन्न राजनैतिक दलमा आबद्ध विद्यार्थी संघ संगठन चुनावमा होमिएका छन ।
त्रिभुवन विश्वविद्यालयको कार्य तालिका अनुसार कञ्चनपुरमा सिद्धनाथ विज्ञान क्याम्पस, रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस बेलडाँडी, रामपुृर बहुमुखी क्याम्पस कलकत्ता, महाकाली बहुमुखी क्याम्पस बेलौरी, जनता बहुमुखी क्याम्पस पुनर्वास, कञ्चन बहुमुखी क्याम्पस गुलरिया, उदय सरस्वती क्याम्पस वाणी, कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारी, घटाल बहुमुखी क्याम्स सुडा, जनज्योती बहुमुखी क्याम्पस भाँसी, कञ्चन विद्या मन्दिर क्याम्पस महेन्द्रनगर,बाल जागृती कलेज महेन्द्रनगर, वारिधी कलेव, दानेश्वर बहुमुखी क्याम्पस जिमुवा, भानु बहुमुखी क्याम्पस दोधाराचाँदनी, सहितका सम्बन्धन क्याम्परहरुमा सोमबार संगठन दर्ता गराएर चुनावमा होमिएका हुन ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी निकट अनेरास्ववियु, नेकपा विप्लव, नेकपा बहुमत निकट क्रान्तिकारी, राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संघ संगठन चुनावमा होमिएको जनाएका छन ।
त्रिविको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान सहितका १५ क्याम्पसहरुमा संगठन दर्ता गराएको जनाएका हुन । नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य ईन्द्र साउदले स्ववियु हुने जिल्लाका सबै क्याम्पसमा संगठन दर्ता गराएको बताए ।
अनेरास्ववियु जिल्ला अध्यक्ष अमर धामीले निर्वाचन हुने सबै क्याम्पसहरुमा संगठन दर्ता गरेर चुनावमा होमिएको बताए । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अरिबल)ले त्रिविकै कार्यतालिका अनुसार सबै क्याम्पसहरुमा संगठन दर्ता गराएको बताए ।
समाजवादी निकट अनेरास्ववियु जिल्ला इन्चार्ज रमेश पन्तले जिल्लाका अधिकाँस क्याम्पसहरुमा संगठन दर्ता गराएको बताए ।
नेकपा विप्लव निकट अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष अनिल घडेरीले अधिकाँस क्याम्पसहरुमा संगठन दर्ता गराएको बताए ।
बहुमत निकट क्रान्तिकारीका निर्वतमान अध्यक्ष बिरेन्द्र नाथले केही क्याम्पसहरुमा संगठन दर्ता गराएको बताए । नेवि संघ कञ्चनपुरका सचिव गोकर्ण महराले संगठन दर्तासगै चुनावमा होमिएको बताए ।
राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष प्रेम रावलले अधिकाँस क्याम्पसमा संगठन दर्ता गराएको बताए ।
यस अघि ०७९मा भएको निर्वाचनमा ८क्याम्पसमा मात्रै भएको थियो । संगठन दर्तासंगै उनीहरुले चुनावमा होमिएको घोषणा गरेका छन ।

