आइत, असार ७, २०८३

कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ


कञ्चनपुर।कञ्चनपुरमा अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।

पुनर्वास नगरपालिका–१० बिकाशबस्तीको नेपाल-भारत सिमानाकाबाट म २ प ८३० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १३ ग्राम ८९० मिलिग्राम सहित दुई जना युवक पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–७ बस्ने २२ वर्षीय सुरज राना र सोही नगरपालिका–८ बस्ने २२ वर्षीय महेश राना रहेका छन्।

दुवैलाई पक्राउ गरि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।

सम्बन्धित समाचार

Leave a Reply