दोधारा । दोधारा चाँदनी नगरपालिकाले कृषकहरुको उत्पादनलाई सरकारी मूल्यमा खरिद बिक्री गर्ने उदेश्यले खाद्य डिपो सञ्चालनको तयारी गरेको छ् ।
खाद्य डिपो सञ्चालनका लागि नगरपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुदूरपश्चिम प्रमुख दिपक थापा, गुणस्तर अधिकृत टेकराज जोशी, कृषि मन्त्रालयका निजी सचिव शंकर बोगटी लगाएतको टोली संग छलफल गरेको हो ।
कृषकहरुको उत्पादन खरिद बिक्रीको सुनिश्चितता खाद्य डिपो सञ्चालन गर्ने तयारी गरिएको नगर प्रमुख किशोर लिम्बूले बताए ।
उनका अनुसार नगरपालिकाले डिपोका लागिी भवनको व्यवस्था गर्ने र खाद्य संस्थानले आवश्यक कर्मचारी व्यवस्थापन गर्ने विषयमा छलफल भएको छ् ।
डिपो सञ्चालनका लागी चाडै नगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बिच काठमाडौंमा सम्झौता हुनेछ् ।
‘खाद्य डिपो सञ्चालन भएपछि नगरवासीलाई प्रत्यक्ष फाईदा पुग्नेछ,’ उनले भने, ‘किसानले उत्पादित वस्तुको उचित मूल्य पाउने छन् भने उपभोक्ताहरुले पनि सरकारी दर रेटमै खाद्यान्न प्राप्त गर्नेछन् ।
’ खाद्य डिपो सञ्चालन भएपछि कृषकले आफ्नो उत्पादन सहज रुपमा बिक्री गर्न पाउने उनी बताउछन् ।
नगरपालिकाले कृषकहरुको आय स्तर वृद्धि गर्न विभिन्न योजनाहरु ऋगाडी बढाईरहेको नगर प्रमुख लिम्बूले बताए ।
‘कृषकलाई प्रविधी मैत्री कृषि प्रणालीमा जोड्न र उनीहरुको उत्पादनलाई उचित मूल्यमा बजार उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ्’ उनले भने ।

