सोम, जेष्ठ २५, २०८३

विवाहको प्रलोभनमा जबरजस्ती करणी आरोपमा प्रहरी जवान पक्राउ


काठमाडौं।कसुरमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाहीका लागि सकृय रहनुपर्ने प्रहरी स्वयं जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।

सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान नवीन यादव जबरजस्ती करणीको आरोपमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले पीडित महिलाले दिएको जाहेरीको आधारमा पक्राउ परेका यादवविरुद्ध १५ फागुनमा थप अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट म्याद लिइएको जानकारी दिए।उनका अनुसार आरोपी यादवलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

पीडित महिलाले यादवविरुद्ध विवाह गर्ने प्रलोभन दिँदै प्रहरी जवान यादवले पछिल्लो दुई वर्षदेखि पटकपटक करणी गरेको आरोपसहित जिल्ला प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

सम्बन्धित समाचार

Leave a Reply