सोम, जेष्ठ २५, २०८३

सभामुख भण्डारीका पीएसओ सई बोहराको सवारी दुर्घटनामा मृत्यु


काठमाडौं। सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) को सवारी दुर्घटनामा मृत्यु भएको छ ।

बझाङको मस्टा गाउँपालिका वडा नम्बर ७ घर भएका ३४ वर्षीय सई योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

लामो समयदेखि सभामुखका अंगरक्षक रहेका बोहराको सोमबार धनगढी-अत्तरिया ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका वडा नम्बर २ मा बोहरा सवार सु।प।प्र। ०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलालीका इन्स्पेक्टर दर्शन खड्काले बताए ।

सम्बन्धित समाचार

Leave a Reply