सोम, जेष्ठ २५, २०८३

“शुक्लाफाँटा नगरमा नयाँ विद्यालय भवनको शिलान्यास”


काठमाडौं । जिल्लाको एक विद्यालयको चार कोठे भवनको एक कार्यक्रमका बिच शिलान्यास गरेको छ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शुक्लाफाँटा नगरपालिका वडा न.१ मा रहेको श्री सिद्ध बैजनाथ माध्यमिक विद्यालय बन्साहको चार कोठे भवनको शिलान्यास शुक्लाफाँटा नगरपालिका मेयर रण बहादुर महराले गरेका हुन।

सोमबार शुक्लाफाँटा नगरपालिका मेयर रण बहादुर महराले नयाँ भवनको शिलान्यास गरिएको हो। राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत शिक्षा क्षेत्र सुधारका लागि शुक्लाफाँट नगरपालिका चार विद्यालयमा भवन निर्माण गर्नका लागि पालिकाले निर्णय गरेको हो।

शुक्लाफाँटा नगरपालिका वडा न.०१ को श्री सिद्ध बैजनाथ माध्यमिक विद्यालय, वडा न.७ श्रीकृष्ण माध्यमिक विद्यालय, धर्म जनता माध्यमिक, वडा न. ०४ को राष्ट्रिय माध्यमिक विद्याल पिपलाडी रहेका छन्।

भवनको शिलान्यास गर्दै शुक्लाफाँटा नगरपालिका मेयर रण बहादुर महराले नगरमा रहेका सामुदायिक विद्यालयहरु विषयगत शिक्षक परिपुर्ति गरेका छौँ, गुणस्तरीय शिक्षामा पालिकाको विशेष जोड रहेको छ।

उनले भने, ७२ जना नगर शिक्षक समेत थप गरेको बताए।शुक्लाफाँटा नगरपालिका उपमेयर कल्पना जोशी पन्त, वडा न.०१ का अध्यक्ष उत्तर देव भट्ट , श्री सिद्ध बैजनाथ माध्यमिक विद्यालय बन्साह विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र ऎरी विद्यालयका प्रधानाध्यापक जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

पछिल्लो समय पालिकाले नगर अस्पताल, नमुना खानेपानी देखि सडक सञ्जाल सुधारका लागि चक्रपथ सडक लगायत शिक्षा क्षेत्रमा समेत बिकासले फड्को मारेको छ।

सम्बन्धित समाचार

Leave a Reply