सोम, जेष्ठ २५, २०८३

“बैतडीमा बाघले एकै किसानका ६ वटा बाख्रा मारे”


बैतडी ।बैतडीमा बाघले एकै किसानका ६ वटा बाख्रा मारेको छ ।

आइतबार राती पाटन नगरपालिका–२ सिन्टोल्कामा बाघले शंकर सिहं महराका ६ वटा बाख्रा मारेको हो ।

खोर भित्रै पसेर बाघले ६ वटा बाख्रा मारेर लगेको किसान महराले बताएका छन् ।

५ वटा बाख्रा घर नजिकैको खोलामा मरेको अवस्थामा भेटिएका र एक बाख्रो नभेटिएको महराले बताएका छन्।

पक्षिल्लो समयमा पाटन नगरपालिकाका विभिन्न स्थानमा लगातार बाघ देखिन थालेपछि त्रास बढेको स्थानीयहरुले बताएका छन् ।

सम्बन्धित समाचार

Leave a Reply