काठमाडौं। अंग्रेजी भाषालाई संयुक्त राज्य अमेरिकाको आधिकारिक भाषाको मान्यता दिइएको छ ।
शनिबार राष्ट्रपति डोनाल्ड जे ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
अमेरिकाको इतिहासमा पहिलो पटक कुनै एक भाषालाई राज्यको आधिकारिक भाषाको मान्यता दिइएको हो।
अब अमेरिकाको केन्द्रीय प्रशासनिक निकायहरूलाई सेवा प्रवाहमा अंग्रेजी बाहेक अन्य भाषामा सेवा उपलब्ध गराउने वा नगराउने बारे छनौटको अधिकार प्रदान गरेको छ।
संघीय अनुदान प्राप्त गर्ने सरकारी एजेन्सी र संगठनहरूलाई अंग्रेजी बाहेक अन्य भाषामा कागजात तयार पार्ने वा नपार्ने छनौटको सुविधा प्राप्त भएको छ।

