काठमाडौं।डडेल्धुरा जिल्ला आलिताल गाउँपालिका वडा नम्बर १ घुस का टेक बहादुर बोगटीको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण बिगत ४ महिना देखि धनगढी स्थित सेती प्रादेशिक अस्पतालको बेडमा उपचारको पर्खाइमा छटपटाइरहेका छन।
५७ बर्षका बोगटी बिगत ४/५ महिना देखि फोक्सो र मुटु को जटिल समस्याका कारण विभिन्न अस्पताल मा धाइरहेका थिए ।
उनको आर्थिक र पारिवारिक अवस्था कमजोर भएका कारण उपचारमा थप समस्या भएको उनका पारिवारिक श्रोतले जनाएको छ।
बिगत ५ महिना देखि उनी नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आएका भएपनी कमजोर आर्थिक र परिवारिक परिस्थिति ले उपचार गर्न नसकेपछि धनगढी को सेती प्रादेशिक अस्पतालको बेट मा पल्टिन बाहेक अरु कुनै उपाय नभएको पारिवारिक श्रोतले बताएको छ ।
आफनो घरको कमाउने र मुख्य व्यक्ति आफैं भएको र अन्य परिवार समेत उनकै भरोसामा बाँचेका थिए तर उनी आफैं बिरामीले थला परेपछी उनको परिवार अलपत्र अवस्थामा छ ।
घरपरिवार का अनुसार सकेजति बिभिन अस्पताला हरुमा पुर्याएर भएको जति सम्पत्ति सापटी,रिण गरेर खर्च गरियो,आफुँसँग भएको पनि सबै सकियो अब भने कुनै उपाय रहेन।
डाक्टरका अनुसार पैसा जुटाउन सकेमा उनको थप उपचार संभव भएकोले सम्पुर्ण आफन्त ,इष्टमित्र,कर्मचारी,जनप्रतिनिधि ,समाजसेवी सहयोगीहरुमा टेक बहादुर का परिबार ले गुहार मागेका छन।सहयोग का लागि नेपाल भारत र अन्य देश बाट पनि गर्न सकिने गरि तल उल्लेखित खाता नम्बरमा जम्मा गर्न सकिने छ।
नारी बचत खाता नाम सुनिता बिस्ट खाता नम्बर :08510420309664000001 मा सहयोग गरि सहयोग गर्न सकिने छ।

