बिहि, बैशाख २४, २०८३

त्रिपुरा थापा समाजको बार्षिक साधारण सभा


कञ्चनपुर, भदौँ २९ ।त्रिपुरा थापा समाज कञ्चनपुरको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार एक कार्यक्रमका विच महेन्द्रनगरमा त्रिपुरा थापा समाज कञ्चनपुरको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा त्रिपुरा थापा समाजका अगुवाहरुले आफ्नो लोक संस्कृति धर्म सरक्षण, प्रर्बद्धनमा जोडदिएका छन ।

त्रिपुरा थापा समाज कञ्चनपुरका अध्यक्ष तेजसिह थापाको अध्यक्षतामा भएको कार्यक्रममा थापा समुदायका जेष्ठ नागरिक विष्नादेवी थापाको प्रमुख आथित्यमा भएको थियो ।

कार्यक्रममा त्रिपुरा थापा समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।

बार्षिक साधारण सभाको अवसरमा रक्तदान समेत गरिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply