शुक्र, जेष्ठ २२, २०८३

भक्तपुरमा मोटरसाइकल ठक्कर: एक मृत्यु, तीन घाइते


काठमाडौं।भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलायात्रीको मृत्यु भएको छ ।

सुर्यविनायक नगरपालिका–८ जगाती पुल नजिकै सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.४१ प ३३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भक्तपुर नगरपालिका–७ गोलमढी बस्ने ७० वर्षीया तुलसीमाया तुसीबाखको शनिबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सूर्यविनायक नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको ।

सो मोटरसाइकलको ठक्करबाट अन्य ३ जना घाइते भएकोमा मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल तिव्र गतिमा भएकाले सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

Leave a Reply