शुक्र, जेष्ठ २२, २०८३

कञ्चनपुर पर्यटतन महोत्सवमा स्वस्तिक अस्पतालको निःशुल्क हेल्थ डेस्क


कञ्चनपुर फागुन १७ गत सोमबारदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा शुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा सुदूरपश्चिमको एक निजी अस्पतालले निःशुल्क हेल्थडेस्क राखेको छ ।

कैलालीको धनगढी उपहानगरपालिका ३ सहिद गेटमा रहेको स्वस्तिक अस्पतालले औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा सुदूरपश्चिमको एक निजी अस्पतालले निःशुल्क हेल्थडेस्क राखेको हो ।

स्वस्तिक अस्पतालका कर्मचारी एव महोत्सव हेल्थडेस्कका इन्चार्ज अम्बादत्त तिवारीले महोत्सव शुरुवात भएदेखि एक स्टल राखेर निःशुल्क चेकजाँच उपचार गरिरहेको बताए । उनले दैनिक डेढ २सयको निःशुल्क चेकजाँच भईरहेको बताए ।

उनका अनुसार प्राथमिक उपचार सहित सगर, प्रेसर चेकजाँच गरिदैछ । तिवारीले महोत्सवमा आउने दर्शकदेखि आयोजक, सुरक्षाकर्मी, गार्ड सहितको स्वास्थ्यमा आउने समान्य समस्यादेखि जटिल बारे परामर्स समेत दिदै आएको बताए ।

महोत्सव अवधिसम्मै हेल्थडेस्क संचालन गरिने उनले बताए । स्वस्तिक अस्पतालका संचालक दिपेन्द्र प्रशाद तिवारीले समाजिक उत्तरदायीत्व अन्र्तरगत महोत्सवमा हुने भिडभाँड नागरिकको स्वास्थ्यलाई ख्याल गरेर निःशुल्क हेल्थडेस्क राखिएको बताए ।

उनले अस्पतालका तर्फबाट समाजिक दायित्व बहनका लागि हेल्थडेस्क राखेर चेकजाँचदेखि परामर्स दिर्दै आएको छ । यसरी निजी क्षेत्रबाट संचालित अस्पतालले निःशुल्क चेकजाँच एव प्राथमिक उपचार गरिदिएपछि दर्शकलाई सुविधा भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply