शुक्र, जेष्ठ २२, २०८३

शिवरात्रिमा पशुपति क्षेत्रमा १२ वटा मोबाइल चोर्ने दुई जना पक्राउ


काठमाडौं।शिवरात्रिमा पशुपति क्षेत्रमा मोबाइल चोरी गर्ने दुई जना पक्राउ परेका छन्।

गोरखाका बिजय मगर र अभिषेक गुरुङ पक्राउ परेका हुन्।बालाजुको बसन्तपुरबाट प्रहरीले उनीहरुलाई १२ वटा मोबाइलसहित पक्राउ गरेको थियो।

सोधपुछको क्रममा उनीहरुले पशुपतिमा गएकाहरुको खल्तीबाट मोबाइल चोरी गरेको खुलेको थियो। गौशाला वृत्तले उनीमाथि कारबाही अघि बढाएको छ।

सम्बन्धित समाचार

Leave a Reply