शुक्र, जेष्ठ २२, २०८३

प्रेस चौतारी कञ्चनपुरको अध्यक्षमा गिरी चयन


कञ्चनपुर,। प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाको अध्यक्षमा मदन गिरी चयन हुनु भएको छ । जिल्ला शाखाको आठौँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनमार्फत उपाध्यक्षमा भुपाल केसी, महिला उपाध्यक्षमा लक्ष्मी सेठी, सचिवमा धन बहादुर बोहरा (डिबी), सहसचिवमा माधव पौडेल, समावेशी सहसचिवमा बिमल विश्वकर्मा र कोषाध्यक्षमा भवानी दत्त भट्ट (भुवन) निर्वाचित हुनु भएको निर्वाचन समिति संयोजक राजेन्द्र सिंह धामीले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार सदस्यहरूमा पवन जोशी, सुरेश भट्ट, केशव भट्ट, गणेश दत्त जोशी, बिरेन्द्र बाग र सन्तोष धानुक चयन हुनु भएको छ ।

त्यसैगरी प्रदेश प्रतिनिधिमा लक्ष्मणदत्त पन्त, धन बहादुर बिक र यमकला पाण्डेय तथा केन्द्रीय प्रतिनिधिमा राजेन्द्र बिष्ट, सुरेश धामी, र महेश्वरी जोशी (माया) निर्विरोध चयन हनु भएको छ । नवनिर्वाचित अध्यक्ष मदन गिरीले प्रेस स्वतन्त्रता, पत्रकारहरूको हकहित र जिल्लाको सञ्चार क्षेत्रको सशक्तिकरणका लागि आफू प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार

Leave a Reply