शुक्र, जेष्ठ २२, २०८३

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण तथा सञ्चारमा मिडियाको भूमिकासम्बन्धी कार्यशाला सुरु


कैलाली,फागुन १५ सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण तथा सञ्चारमा मिडियाको भूमिकासम्बन्धी कार्यशाला सुरु भएको छ।

बिहीबार धनगढी उपमहानगरपालिकाको रुवस होटलमा सुदूरपश्चिम प्रदेशका सञ्चारकर्मीहरूका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जोखिम संचारमा मिडियाको भूमिकालाई सशक्त बनाउन दुई दिने कार्यशाला सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सही र सामयिक सूचनाले विपद्‌का बेला जनधनको क्षति न्यूनीकरण गर्न सकिने उल्लेख गर्नुभयो।

कार्यशालामा सुदूरपश्चिमका विपद्‌को अवस्था, जोखिम संचारमा प्राधिकरणले लिएका पहल, नेपालको जलवायु सेवा तथा बाढी पूर्वानुमानको समझ, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन रिपोर्टिङका व्यवहारिक पक्ष, र विपद् पूर्वतयारीमा पत्रकारहरूको भूमिकाका विषयमा प्रस्तुतीकरण र समूह कार्य गरिनेछ।

कार्यशाला राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA)र सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा भइरहेको छ भने मर्सिकोरले प्राविधिक सहयोग गरेको छ।

सम्बन्धित समाचार

Leave a Reply