सोम, जेष्ठ २५, २०८३

महेन्द्रनगरमा संविधान संशोधनबारे अन्तरक्रिया


कञ्चनपुर ।कंचनपुरको महेन्द्रनगरमा पेशागत तथा बुद्धिजिबी विभाग नेपालि कांग्रेसले संविधान संशोधन :आवश्यकता र चुनौतिका बिषयमा सुदुरपश्चिम प्रदेश स्तरिय अन्तरक्रीया कार्यक्रम गर्ने भएको छ ।

यहि फाल्गुन १६ गते शुक्रबारका दिन नेपाली कांग्रेसका नेता, पुर्व पार्टी उपसभापति गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रदेश स्तरिय अन्तरक्रीया कार्यक्रम गर्न लागेको हो ।महेन्द्रनगरको कंचनपुर उद्योग वाणिज्य संघको सभाहलका हुने कार्यक्रममा संविधानको संसोधन आवश्यकता र चुनौतिका सरोकारवालाहरु सङ्ग अन्तरक्रीया कार्यक्रमको आयोजना गरिएको पेशागत तथा बुद्धिजिवि विभागका सुदुरपश्चिम प्रमुख दिवाकर पाण्डेयले बताउनु भएको छ ।

अन्तरक्रीया कार्यक्रममा विभिन्न क्षेत्रका पेशागत ब्यक्तित्वहरु , समाजसेबी , बुद्धिजिवी बर्ग,कानुन ब्यवसायी , पार्टी र समाजको अहम जिम्मेवारिमा रहेका ब्यक्तित्वहरु, सरोकारवाला अन्य ब्यक्तित्वहरु,प्राध्यापक, शिक्षक, राष्ट्रसेवक कर्मचारी ,नागरिक समाजका ब्यक्तित्वहरुको उपस्थिती रहने उहाँको भनाइ छ । 

पेशागत तथा बुद्धिजिबी विभाग नेपाली कांग्रेस र नेपाल डेमोक्याट्रीक लयर्स एशोसिएसनको आयोजनामा उक्त कार्यक्रम हुन लागेको सुदुरपश्चिम प्रदेश प्रमुख पाण्डेयले बताउनु भएको छ ।संविधान संसोधनको बिषयमा संसद देखि गाउँ सम्म बहस भइरहेका वेला उकत अन्तरक्रीया कार्यक्रम महत्वपूर्ण रहने ठानिएको छ ।

पेशागत तथा बुद्धिजिबी विभाग नेपाली कांग्रेसका प्रमुख डिला संग्रौला र नेपाल डेमोक्याट्रीक लयर्स एशोसिएसन (डिएलए नेपाल) का अध्यक्ष वरिष्ट अधिवक्ता सिताराम केसिको समेत कार्यक्रममा सहभागिता रहने छ ।

सम्बन्धित समाचार

Leave a Reply