कञ्चनपुर, कञ्चनपुुरको दोधाराचाँदनी स्थानीय सरकारले मापदण्ड विपरित क्रसर उद्योग खोल्न अनुमती दिएको भन्दै स्थानीय बिरोधमा उत्रिएका छन । दोधाराचाँदनी नगरपालिकाले मापदण्ड विपरित क्रसर उद्योग खोल्नका लागि दुरी प्रमाणित गरेपछि स्थानीय बिरोधमा उत्रिएका हुन ।
उनीहरुले धिर प्रशाद पाण्डेयको जग्गामा सेती महाकाली मिनिरल्स क्रसर उद्योग खोल्नका लागि मापदण्ड विपरित दुरी प्रमाणित गरेको भन्दै बिरोधमा उत्रिएका छन । वडा कार्यालयबाट चार किल्ला प्रमाणितको साटो नगर प्रमुख किशोर कुमार लिम्बु आफैले १० जेठ ०८१मा उद्योग विभागलाई दुरी प्रमाणित गरेपछि संघीधार सहितका स्थानीय गाँउले बिरोधमा उत्रिएका हुन ।
१० जेठमा मेयर लिम्बुले हस्ताक्षर गरेर किता ४४४ र ४४७ दुई कित्ता राखेर नदी किनार, पक्की पुल, ऐतिहासिक ताल तलैया जलासय पोखरीबाट ५सय, शिक्षण संस्था, स्वास्थ्य धार्मिक साँस्कृतिक महत्वका स्थान तथा सुरक्षा निकायबाट २किलोमिटर टाढा रहेको भन्दै दुरी प्रमाणित गरेर दर्ता प्रकृयाका लागि सिफारिस गरेका छन ।
जेठमा दुई कित्ता राखेर उद्योग विभागलाई दुरी प्रमाणित सिफारिस गरेका मेयर लिम्बुले ८महिना पछि ०८१फागुन ५ गते ४४४कित्ता मात्रै राखेर दोस्रो पटक पठाएपछि स्थानीय मेयर लिम्बुको कार्यशैली बिरुद्ध झन आक्र्रोसित भएका छन ।
स्थानीयलाई झुक्याएर मापदण्ड विपरित क्रसर उद्योग खोल्न खोजिएको भन्दै उनीहरुले संघर्ष समिति नै गठन गरेका छन । स्थानीय ओम सुनारको अध्यक्षतामा २५ सदस्यीय नागरिक अधिकार मुल सघर्ष समिति गठन गरेर क्रसर उद्योग खारेजी नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।
संघर्ष समितिले स्थानीयदेखि केन्द्र्रसम्मै आन्दोलन गर्ने घोषणा गरेका छन । स्थानीय पुष्कर ओझाले उतिबेला क्रसर उद्योगी संचालक धिर प्रशाद पाण्डेयले ह्युपाईप बनाउन, सडक बनाउन, आरामिल, टायल उद्योगका लागि भन्दै केही स्थानीयको सहमतीय लिएको दावि गरेका छन ।
ओझाले मानव स्वास्थ्यका लागि हानिकारक क्रसर उद्योग खोल्न नदिने चेतावनी दिएका छन । ‘यहाँ कुनै मापदण्ड नै पुग्दैन, वडाले सिफारिस नगरेपछि सिधै मेयरसंग सेटिङ्ग गरेर जनता झुक्याउन पाईदैन, ‘उनले भने, ‘यो क्रसर उद्योग मापदण्ड विपरित छ, हामी खोल्न दिदैनौँ, ‘छेउमै मलरिया खोला छ, त्यसमाथि पक्की पुल छ, छेउछाउमा घर छन, अन्य सार्वजनिक निकाय पनि छन ।
’ संघीयार जनक नेगीले मापदण्ड विपरित विच मानव बस्तीमा क्रसर उद्योग खोलेर नागरिकलाई बाँच्ने अधिकार बाट बञ्चित गराउने काम भएको बताए । ‘हाम्रो यहाँखेतबारी छ, छेउमै घर छन, हाम्रीसंग कुनै अनुमती पनि लिएको छैन, यस्तो अवस्थामा हाम्र्रो उठिबासी हुने तरिकारले क्रसर उद्योग बनाउन दिदैनौँ ।’ नागरिक अधिकार मुल सघर्ष समितिका अध्यक्ष मापदण्ड विपरित क्रसर उद्योग खोल्न नदिने बताए ।
उनले स्थानीय सरकारले ठुलाबडाका लागि मापदण्ड मिचेर निमुखा जनतामाथि घात गरेको बताए । ‘हामीले शुरुवाती चरणमा २, ३ र ४ वडासंग क्रसर उद्योगबारे धारणा र दुरी प्रमाणित माग गरेका छौँ, ‘उनले भने, ‘भावि दिनमा पालिका हुँदै अन्य निकायसम्मै बिरुद्धमा आन्दोलन छेडछौँ ।’ दोधारचाँदनी नगरपालिका ३का वडाध्यक्ष हरिसिह घनाडीले क्रसर उद्योगी धनी वडामा तीन पटक आएपनि फिल्डमा जाँदा चारकिल्ला प्रमाणितका लागि मानिस नै फेला नपरेपछि आफुले दुरी प्रमाणित नगरिदिएको बताए ।
८ फागुन ०८१ मा ३ नम्बर वडाले उक्त क्रसर उद्योगको २ किलोमिटर भित्रचाँदनी बाल विद्या निकेतन बोडिङ स्कुल, सुगरखाले टोल, श्रेष्ठ चौराह र शान्ति टोलको गाउबस्ती परेको जनाएको छ ।
८ फागुनमै दोधाराचाँदनी २ का वडाध्यक्ष पदम सिह रावलले क्रसर उद्योग दुई किलोमिटर भित्र वडा कार्यालय सहित, चाँदनी खेल मैदान, कर्बडहल,कृष्णनगर टोल, जनज्योती टोल केही भुभाग गाँउबस्ती रहेको सिफारिस गरेका छन । २९ माघ ०८१ मा दोधाराचाँदनी ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले हस्ताक्षर गरेको सिफारिस पत्रमा शारदा मावि, चाँदनी स्वास्थ्य चौकी, वडा कार्यालय सिद्धनाथ मन्दिर, नेपाल रेडक्रस सोसाईटी सहितको गाँउबस्ती भएकाले क्रसर उद्योग मापदण्ड विपरित खोल्न नहुने सिफारिस गरेको छ ।
दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले पालिकाले आफ्नै प्राविधिक टोली नपठाएरै अन्य सरकारी निकायले प्रमाणित गरेकै आधारमा प्रमाणित गरिदिएको बताए । स्थानीयले पालिकामा निवेदन दिएको विषयमा आफुहरुले लाईसेन्स दिने विषय नभई सघीय सरकारका अन्य निकायले दिने कुरो भएको बताए । ‘उद्योग खोल्नुपर्छ, सबै उद्योगले के सबै प्रकृया पुरा गरेका छन, मेयर भन्छन, ‘आर्थिक सम्बृद्धिका लागि उद्योग खोल्नुपर्छ ।
विचगाँउबस्तीमा पालिकाले यसरी उद्योगका लागि अनुमती दिएपछि अनेकन शंका उपशंङका उब्जाएको छ ।क्रसर उद्योग खोल्ने विषयमा दोधाराचाँदनी नगरका तीन वडा वडाध्यक्ष एक ठाँउ विपक्ष र मेयर पक्षमा देखिएका छन ।
क्रसर उद्योगी पक्षले सबै मापदण्ड अनुरुपै प्रकृया अघि बढेको दावि गर्दै आएको छ । विकास निर्माणका विषयमा स्थानीयलाई उस्काउन दोधाराचाँदनी नगरको विकासमा अवरोध गर्न नहुने तर्क अघि सारेका छन । यस अघि पनि क्रसर उद्योग खोल्दा आन्दोलन गर्दै आएको छ ।

