कञ्चनपुर, फागुन ११ अखिल नेपाल टे«ड यूनियन महासंघ सुदूरपश्चिम प्रदेश समितिले २४औँ मजदुर बलिदान दिवस मनाएको छ ।
आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगरमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल टे«ड यूनियन महासंघ सुदूरपश्चिम प्रदेश समितिले २४औँ मजदुर बलिदान दिवस मनाएको हो ।
अखिल नेपाल टे«ड यूनियन महासंघ केन्द्रीय सदस्य कमलेश भण्डारीले विवित कार्यक्रम गरेर मजदुर बलिदान दिवस मनाएको बताए ।
अखिल नेपाल टे«ड यूनियन महासंघ सुप प्रदेशका अध्यक्ष भरत न्यौपानेको अध्यक्षतामा माओवादी केन्द्रका केन्द्रीय सदस्य माया नेगी प्रमुख अतिथि रहेका थिए ।
जनयुद्धका बेला ११फागुन ०५८सालमा तत्तकालिन राज्यपक्षबाट कालिकोटको कोटबारामा ३६मजदुर मारिएका थिए । तिनै मजदुरले साहदत गरेको दिनको स्मृतिमा माओवादी निकट मजदुरले मजदुर बलिदान दिवस मनाउँदै आएको छ ।
कार्यक्रममा धन बहादुर कुँवरको अध्यक्षतामा अखिल नेपाल टे«ड यूनियन महासंघ भीमदत्त नगर कमिटि विस्तार गरिएको छ ।
उपाध्यक्ष बिष्णू नेपाली, केशव प्रशाद जोशी, बिन्दु नेपाली, सचिव सरस्वती धानुक, सह सचिव पुष्पराज विष्ट, कोषाध्यक्ष मिना महर रहेका छन ।

