सोम, जेष्ठ २५, २०८३

कञ्चनपुरमा कारको ठक्कर, दुई घाइते।


महेन्द्रनगर । कञ्चनपुरमा सडक दुर्घटना हुदा दुई जना घाईते भएका छन् ।

जिल्लाको पुर्व पश्चिम राजमार्गमा पर्ने सुकासाल चोक नजिकै शनिवार साझ पुर्व बाट पश्चिम दिशा तर्फ गईरहेको युके०४ए एफ ५९४३ भारतीय नम्बर अल्टोकारले अटो रिक्सा र साईकल यात्रु र लाई ठक्कर दिँदा अटोचालक भीमदत्त नगरपालिका १० पशुपति टोल बस्ने वर्ष ३५ का केशव सुनार र महेन्द्रनगर बजारबाट घर फर्कदै गरेकी साइकल यात्रु भीमदत्त नगरपालिका ५ बैजनाथ टोल बस्ने वर्ष १५ की प्रतिज्ञा लुहारलाई ठक्कर दिँदा दुबै जना घाईते भएका छन् ।

कार चालक भीमदत्त नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष ५० का कमल गुरुङ सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश जोशीका अनुसार घाईते लुहार र सुनारको महाकाली प्रादेशिक अस्पतालमा उपचार सम्भव नहुदा थप उपचारको लागि धनगढी रेफर गरिएको बताए।

घाईते सुनारको टाउको मा र खुट्टामा चोट लागेको दुबै जनाको अवस्था मध्यम रहेको र ठक्कर दिने कार र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाई रहेको छ।

सम्बन्धित समाचार

Leave a Reply