सोम, जेष्ठ २५, २०८३

कञ्चन विद्या मन्दिरको ४५औँ बार्षिकोत्सव


धर्मसिह धामी, कञ्चनपुर कञ्चनपुरको कञ्चन विद्या मन्दिर सामुदायिक कलेजको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

शुक्रबार भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको कञ्चन विद्या मन्दिर सामुदायिक कलेजको ४५औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो।

कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका प्रमुख डा. राज कुमार साउदले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले शैक्षिक गुणस्तर बुृद्धि निरन्तर गर्दै आएको बताए ।

उनले विद्यालयको चौतर्फि बृद्धि विकासका लागि समुदाय र सरकार सहितका सरोकारवालाको भूमिका निर्वाहमा जोडदिएका छन ।

शैक्षिक गुणस्तर बृद्धि कार्यक्रममा उत्कृष्ठ विद्यार्थी, शिक्षक सहितका सरोकारवालाहरुलाई सम्मान पुस्कार वितरण गरिएको छ । विवित साँस्कृति प्रंस्तुती गरिएका थिए ।

कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका अध्यक्ष दुर्गादत्त जोशीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी बिनोद विष्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सरोकारवाला सहितको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply