कञ्चनपुर, फागुन ९ नेपाल शिक्षक महासंघ कञ्चनपुरले शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापन पत्र बुझाएको छ ।
हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारीको माग अघि सारेर नेपाल शिक्षक महासंघ जिल्ला समितिले शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापन पत्र बुझाएको हो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष एव शिक्षक महासंघ जिल्लाका नेता गोबिन्द ढाँटले महासंघको केन्द्रीय कार्यक्रम अनुरुप जिल्लामा पनि महासंघले ज्ञापन पत्र बुझाएको बताए ।
कालोपट्टी बाँधेर कार्यालय पुगेका जिल्लाका शिक्षक संघ संगठनहरुले शिक्षा ऐन पारित नगरे आन्दोलनको चेतावनी दिएका छन ।

