कञ्चनपुर, ११कार्तिक कञ्चनपुरको एक सामुदायिक वनले जेहेन्दार विद्यार्थीलाई छात्रबृति वितरण गरेको छ । बेदकोट नगरपालिका ६मुसेपानीको गणेश सामुदायिक वनले चार जेहेन्दार विद्यार्थीलाई छात्रबृति वितरण गरेको हो । सामुदायिक वनले उपभोक्ताहरुकै एक छात्र सहितका चार विद्यार्थीलाई नगदै छात्रबृति प्रदान गरेको जनाएको छ । बुधबार सामुदायिक वनको २६औँ बार्षिक साधारण सभामा जेहेन्दार उत्कृष्ट विद्यार्थीलाई छात्रबृति प्रदान गरिएको हो ।
गणेश सामुदायिक वनका कोषाध्यक्ष रामसिह धामीले सामुदायिक वनकै उपभोक्ताका सन्तानको उच्च शिक्षामा टेवा पु¥याउने उदेश्यका साथ छात्रबृति प्रदान गरिएको बताए । उनका अनुसार निशा भट्ट, मोहिन चन्द, रेखा भण्डारी र हेमन्ती फस्र्यावनलाई नगन क्रमस चार हजार ५सय, ५ हजार, ६ हजार, सात हजार प्रमाण पत्र सहित प्रदान गरिएको छ । उनीहरु चारै जनाले ०८२को माध्यामिक शिक्षा परीक्षा(एसईई)मा उत्कृष्ट नतिजा ल्याएका थिए । भट्ट महाकाली मोर्डन भाँसी, चन्द महेन्द्रनगर मावि(साधारण स्कुल), भण्डारी घटाल मावि सुडा र फस्र्वान सार्क स्कुल महेन्द्रनगरमा अध्ययनरत छन ।
छात्रबृति पाएका विद्यार्थीले सामुदायिक वनले आफुहरुले अध्ययनमा गरेको मेहनतको मुल्याङ्गकन गरेको भन्दै पढाईप्रति थप रुची बढेको बताए । विद्यार्थी सहित समाजेवी समेत रहेका भारतीय सेनाका पुर्व सेवा निवृती माहाबिर बमलाई समेत प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । नेपाल भारत भुतपुर्व सैनिक संगठन कञ्चनपुरका अध्यक्ष बमले वन सरक्षणमा काम गरेको भन्दै सम्मान गरेको जनाएको छ ।गणेश सामुदायिक वनका अध्यक्ष किसन सिह भण्डारीले सामुदायिक वनले हरेक बर्ष उच्च शिक्षा टेवा र जेहेन्दार विद्यार्थीको अध्ययनमा हौसला प्रदानका लागि छात्रबृति प्रदान गर्दै आएको बताए ।
अध्यक्ष भण्डारीले सामुदायिक वनकै उपभोक्ताका जेहेन्दार सन्तानहरुलाई उक्त सुविधा दिदै आएको र आगामी दिनमा पनि दिने बताए । पुर्व विद्यार्थी नेता समेत रहेका बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले सामुदायिक वनबाट उच्च शिक्षा प्रर्बद्धनका लागि जेहेन्द्रार विद्यार्थी छात्रबृति कार्यक्रम समाजिक उत्कृष्ट कार्य भएकाले आगामी दिनमा थप संख्यादेखिको सहयोगको राशी बृद्धिमा जोडदिएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेदकोट नगरपालिका ६का वडाध्यक्ष तुलसी रानाले सामुदायिक वनले सरक्षणका साथै विद्यार्थीको पढाईमा गरेको सहयोग सरानिय भएको बताए ।

