२०८३ कार्तिक १०, मंगलवार

भारी वर्षाको सम्भावनापछि बेलडाँडीका विद्यालयमा शुक्रबार बिदा


कञ्चनपुर । भारी वर्षा, हावाहुरी तथा चट्याङको सम्भावनालाई मध्यनजर गर्दै बेलडाँडी गाउँपालिकाले शुक्रबार (असोज ९ गते) गाउँ क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको छ।

जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त मौसमसम्बन्धी जानकारीका आधारमा विद्यार्थीको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको गाउँपालकाले जनाएको छ।

बेलडाँडी गाउँपालिकालै जारी गरेको सूचनामा स्थानीय तहको समन्वय तथा सहजीकरणमा विद्यालयमा बिदा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार बेलडाँडी गाउँपालिकाअन्तर्गत सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई असोज ९ गते विद्यालयमा बिदा गर्न/गराउन अनुरोध गरिएको उल्लेख छ।

गाउँपालिकाले प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित जोखिमबाट बालबालिका, शिक्षक तथा विद्यालय समुदायलाई सुरक्षित राख्न यस्तो निर्णय गरेको हो।

सम्बन्धित समाचार