२०८३ कार्तिक ११, बुधवार

महाकाली यातायातमा ५० मत गन्न बाँकी, भट्ट कँडेल भन्दा ७ मतले अगाडि


महेन्द्रनगर । महाकाली यातायात बहुउद्देश्यीय कम्पनीको अध्यक्षमा नविन भट्टले फेरि अग्रता बढाएका छन् ।

मत गणनामा अन्तिम ५० मत गन्न बाँकी हुँदा भट्टले कँडेललाई ७ मतले पछि पारेका छन् ।अहिलेसम्म ३ सय मत गणना भएको छ । भट्ट १५१ र कँडेलले १४४ मत ल्याएका छन् ।

यस अघि २ सय ५० मा भट्ट एक मतले अघि थिए ।अब ५० मत गन्न बाँकी छन् । समितिका ४ सय ३३ मतदातामध्ये ३ सय ५० मत खसेको थियो ।

सम्बन्धित समाचार