कञ्चनपुर, ५ असोज नेपाली काँग्रेसको १५औँ महाधिवेशनको पुर्व कार्य तालिका अनुरुप कञ्चनपुरमा पनि पहिलो र दोस्रो दिन गरेर सबै वडाहरुमा सर्वसम्मत वडा कार्य समितिदेखि प्रतिनिधी चयन गरिएका छन । काँग्रेस संस्थापन पक्षले १६–१९असोज ०८३मा गर्न लागेको महाधिवेशनको पुर्व तयारी स्वरुप ३ र ४ असोजमा देशभरका वडाहरुमा अधिवेशन गर्ने तय गरेको थियो ।
कञ्चनपुरका ९ पालिकाका ९२ वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको जनाएको छ । पहिलो दिन जिल्लाभरीका ७८ र दोस्रो दिन १४ वडाहरुमा सर्वसम्मत वडा नेतृत्वदेखि क्षेत्रीय प्रतिनिधी चयन गरिएका छन । नेपाली काँग्रेस जिल्ला सचिव नाफुसिह साउदले जिल्लाका सबै वडाहरुमा सर्वसम्मत समिति चयन गरिएको बताए ।
उनका अनुरुसार दोधाराचाँदनी नगरपालिका ५मा जेनजी २४ बर्षिया युवा सुरज साउद सहितका अधिकाँस वडाहरुमा युवा नेतृत्व आएका छन । १० वडा रहेको दोधाराचाँदनी नगरमा ५ बाहेक सबै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । १गंगोत्री सेटी(दिनेश), २ गणेह सिह रावल, ३ तेज बहादुर थापा मागर, ४ कृष्ण सिह साउद(टस्सी), २४ बर्षिया जेनजी युवा सुरज साउद, ६ चन्द्र बहादुर सिजाली(मगर), ७ कोमल उपाध्याय, ८ मणिराज पण्डित, ९ जंग बहादुर रावत, १० बल बहादुर बुढा चयन भएका छन ।
काँग्रेस बेदकोट नगरका सभापति तुलराम शाहुले सबै वडाहरुमा अधिवेशन भएको बताए । उनका अनुसार पहिलो दिन १रमेश सिह भण्डारी , २उदय सिह विष्ट , ३सन्तोष ब. सेटी , ४उमापती भट्ट , ५अमर ब. बोगटी , ६धनसिह पुजारा ७ रामसिह मार्कण्ड , ८ हरि प्रशाद बोहरा ९ राज ब सेटी , १० गणेश प्रशाद बोहरा सर्वसम्मत चयन गरिएको छ । काँग्रेस शुक्लाफाँटा नगरका नेता देवराज जोशीले पनि सबै वडाहरुमा अधिवेशन भएको बताए ।
उनका अनुसार १ भवानी कुँवर , २ गोबिन्द प्रशाद अवस्थी , ३ धन ब. धामी ४अम्बिका देवी जोशी , ५ देवराज अवस्थी , ६बीर ब. बोहरा , ७ योगेन्द्र धामी , ८रण ब. पुजारा , ९अमर राज उपाध्याय , १० ओम ऐर , ११ गोबिन्द विष्ट , १२आनसिह महरा छन । नेपाली काँग्रेस क्षेत्र ३का सभापति पदम राज अवस्थीले क्षेत्र ३का ३०वटै वडाहरुमा उल्लासका साथ अधिवेशन भएको बताए ।
उनका अनुसार भीमदत्त नगरमा १सुरेन्द्र सिह भण्डारी , २राजेश स्वाँर, ३शरन शाही, ४ धन ब. पाल , ५मानसिह भाट , ६भोजराज भट्ट, ७राज बहादुर चन्द , ८खगेन्द्र प्रशाद पण्डित, ९केशव सिह नायक , १०कर्ण बहादुर बम , ११ सुमि राना, १२जनक कामी, १३ सुरेन्द्र बोहरा, १४मान ब. विष्ट , १५ दिपान्सु चन्द , १६ विवेक साउद , १७धरम सिह ठगुन्ना , १८पुष्कर बहादुर चन्द , १९ बीर बहादुर रावल चयन भएका छन ।
कृष्णपुरका नेता रमेश नवराज जोशीका अनुसार सबै वडाहरुमा अधिवेशन भएको बताए । १मा सागर भण्डारी, २मा शुक्र ब. चन्द निर्वाचित, ३मा रमेश ऐर, ४देवदी घिक्त, ५ यज्ञ पनेरु, ६ दल बहादुर बलायर, ७ नरेन्द्र खडका, ८ कृष्णानन्द भट्ट, ९ रमेश ओझा चयन भएको बताए ।
निर्वाचन क्षेत्र १का सभापति गोपी प्रशाद उपाध्यायले पहिलो दिनमै क्षेत्रका चारै पालिका ३२ वटै वडाहरुमा अधिवेशन भएको बताए । पाँच वडा रहेको बेलडाँडीमा पाँचै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको जनाएको छ । काँग्रेस बेलडाँडीका सभापति गज बहादुर विष्टले पहिलो दिनमै पाँचै वडाहरुमा सर्वसम्मत नेतृत्व गरिएको बताए ।
उनका अनुसार १देखि ५मा क्रमस रण बहादुर सिह, मदनराज भट्ट, विक्रम सिह, मान बहादुर खडका, हेमराज राना चयन भएका छन । १० वडा रहेको बेलौरीमा ९ बाहेक क्रमस १ नरेश चन्द , २ राज बहादुर चौधरी , ३ सुब्बा राना , ४ कृष्ण बहादुर चन्द , ५ जित बहादुर चौधरी , ५ भवानी सिह विष्ट , ७ कमान सिह चौधरी , ८रामआश्रय राना ९ किसान राना र १० प्रेम बहादुर चन्द रहेका छन ।
पुर्नवास नगरमा १घुम्मन राना , २राज कुमारी तामाङ्ग , ३ बुद्धिमाया तामाङ्ग, ४ खडक खडका , ५ जय ब.रोकाया , ६जित ब. तामाङ्ग, ७ राम ब. राना , ८तेज ब. विष्ट , ९ मान ब. धामी , १० चेत ब विष्ट ११दिपक प्रकास मल्ल र लालझाडी गाँउपालिकामा क्रमस १देखि ६ वटै वडाहरुमा क्रमस दिनेश राना, झेलसिह राना, मेघनाथ राना, लाल सिह सेटी, मनोज पनेरु, गोपाल चन्द रहेका छन ।
नेपाली काँग्रेस कञ्चनपुरका कावा सभापति हरिशचन्द्र रानाले जिल्लामा दुवै दिन उल्लासका साथ वडा अधिवेशन भएको र छुटपुट वडाहरुमा आईतबार गरेर ९२वटै वडाहरुमा सर्वसम्मत वडा समिति चयन गर्दै महाधिवेशनको तयारीमा खटिने बताए ।
वडा अधिवेशन सम्पन्न गरेर पालिका, प्रादेशिक, क्षेत्रीय, जिल्लादेखि केन्द्रीय महाधिवेशनमा खटिने कावा सभापतिको भनाई छ । तर, जिल्लाभरीका ९२ वडाहरुमा काँग्रेसले वडा नेतृत्व चयन गरेको मुख्य सभापति पदमा महिला दलित र महिला सुन्य थारुआदिवासी जनजाती अगग्य मात्रामा रहेका छन ।

