सोम, जेष्ठ २५, २०८३

काभ्रेको तेमालमा बस दुर्घटना, एकको मृत्यु


काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ कुण्डोलमा बस दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमानै मृत्यु भएको छ

।धादिङ जन्ती पुर्‍याएर फर्कने क्रममा ना४ख ८८१७ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा तेमाल-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply