कञ्चनपुर–कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँ पालिका वडा नम्बर १मा रहेको श्री सरस्वती माध्यमिक विद्यालय झर्नसगर को ३३औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गजबहादुर बिष्ट र विशिष्ट अतिथि नारदसिंह अर्याल रहेका थिए भने अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति थियो।कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, नाटक जस्ता विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

विद्यालयका प्रधानाध्यापक विष्णु सिंह भण्डारीले विद्यालयको प्रगति र आगामी योजनाबारे जानकारी गराए। कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घ बहादुर सिंह भने समुदायको सहयोगबिना विद्यालयको समुन्नति सम्भव नभएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबीचको सम्बन्ध थप सुदृढ गरेको विद्यालय प्रशासनले जनाएको छ।

