शुक्र, भदौ २६, २०८३

स्थानीय र सुरक्षाकर्मीको श्रमदानपछि खल्ला मसेट्टीमा आठ दिनपछि बल्यो बिजुली


कञ्चनपुर,कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा वर्षाका कारण अवरुद्ध विद्युत् सेवा आठ दिनपछि पुनः सञ्चालनमा आएको छ।

गत १ गतेदेखि बन्द विद्युत् लाइन स्थानीय, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको संयुक्त श्रमदानपछि आज ९ गते मर्मत गरी सञ्चालनमा ल्याइएको हो।

विद्युत् सेवा सुचारु भएपछि स्थानीयले राहत महसुस गरेका छन्।सेवा सञ्चालनमा सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय, विद्युत् प्राधिकरण, सुरक्षाकर्मी, जनप्रतिनिधि, प्राविधिक तथा स्थानीयप्रति दिपेन्द्र सिंह ऐरीले आभार व्यक्त गरेका छन्।

भीमदत्त नगरपालिका–९ का खल्ला, मसेट्टी र टुँडिखेल क्षेत्रमा वर्षायाममा सडक तथा विद्युत् सेवा अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।

सम्बन्धित समाचार