शुक्र, भदौ २६, २०८३

भ्रष्टाचारको अग्र पथमा कर्मचारी ः हाकिम, ईन्जिनियर, लेखा, योजना, स्टोरदेखि आपूर्तिकर्ता बिरुद्ध मुद्दा


कञ्चनपुर, भदौँ ३ भ्रष्टाचार गर्न केही सरकारी कर्मचारी अग्र पथमै देखिएका छन । केही ईमान्दार भएर जनताको पक्षमा काममा छन, भने, केही भ्रष्टाचारमा लिप्त भएको तथ्याङ्क रहेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी औरही नगरपालिकामा खानेपानी तथा मोटर वितरणमा अनियमितता भएको दावि गर्दै तत्तकालिन प्रमुख प्रशासकीय अधिकृत सहितका सप्लायर्स बिरुद्धमा मुद्दा दायर गरेको छ ।

अख्तियारको तथ्याङ्क अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र, मैथली ईन्जिनियर सन्तोष कुमार यादव, सव ईन्जिनियर विपिन मण्डल, लेखापाल विजय कुमार यादव, जिन्जी प्रमुख शिवशंकर यादव, योजना प्रमुख गंगाराम यादव, यस्तै आपूर्तिकर्ता विनय कुमार यादव, दुधनाथ कुमार, अमरनाथ कुमार रामबाकु चौधरी, मनोज कुमार यादव बिरुद्धमा समेत मुद्दा दायर गरिएको छ ।

अख्तियारले आपूर्तिकर्तादेखि सिङ्गै कार्यालयका मुख्य कर्मचारी भ्रष्टाचारमा लिप्त भएका छन । यसरी कुनै योजनामा यसरी कार्यालय प्रमुखदेखिका कर्मचारी र आपूर्तिकर्ता नै यसरी भ्रष्टाचारमा लिप्त भएपछि जनता हैरान भएका छन ।

यसैविच सिराहाको लहान नगरपालिका– ६ स्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज एम.एस. पालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। सेवाग्राहीसँग बर्गेनिङ गरी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुद्दा दर्ता गराएको हो।

बर्दीबास कार्यालयबाट खटिएको अख्तियारको टोलीले कर अधिकृत पाललाई सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

पालले कर फस्र्याेटका लागि सेवाग्राहीले पेस गरेका बिलबिजकहरू नमिलेको भन्दै चार्टर्ड एकाउन्टेन्ट रामरिझन यादवमार्फत घुस लिने गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।अख्तियारले चार्टर्ड एकाउन्टेन्ट यादवलाई समेत प्रतिवादी कायम गरेको छ। यादवले राष्ट्रसेवक कर्मचारीलाई घुस लिन लगाएको र सेवाग्राहीलाई घुस दिन लगाई दुरुत्साहन गरेको आरोपपत्रमा उल्लेख छ।

सम्बन्धित समाचार