शुक्र, साउन १५, २०८३

सवारी दुर्घटनामा जान्छ दैनिक सातजनाको ज्यान, अबको प्राथमिकता दिगो र सुरक्षित यातायात


नेपालमा सवारीसाधनको तीव्र वृद्धि र बढ्दो दुर्घटना यातायात क्षेत्रको प्रमुख चुनौती बनेको छ। आर्थिक वर्ष ०८२/८३ को फागुनसम्म देशभर ६२ लाख ४९ हजार ७ सय ३२ सवारीसाधन दर्ता भएका छन्।

तीमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेका छन्, जुन कुल सवारीसाधनको ८० प्रतिशतभन्दा बढी हो।सवारी चाप बढेसँगै सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ। स्मार्ट ड्राइभिङ लाइसेन्स, डिजिटल ट्राफिक प्रणाली, इम्बोस्ड नम्बरप्लेट र युरो–६ उत्सर्जन मापदण्ड लागू भए पनि दुर्घटनाको दर भने अपेक्षित रूपमा घट्न सकेको छैन।

विश्वभर वार्षिक करिब १२ लाख मानिसको सवारी दुर्घटनामा मृत्यु हुने गरेको अवस्थामा नेपालमा दैनिक औसत सातजनाले दुर्घटनामा ज्यान गुमाइरहेका छन्।यसैबिच, नेपालले विद्युतीय सवारी प्रवर्द्धनमा उल्लेखनीय प्रगति गरेको छ। कर तथा वित्तीय प्रोत्साहनका कारण नयाँ आयात हुने निजी कारमध्ये विद्युतीय सवारीको हिस्सा ७० प्रतिशतभन्दा बढी पुगेको छ।

यस आधारमा नेपाल विद्युतीय सवारी प्रयोगमा नर्वेपछिको दोस्रो स्थानमा रहेको नीतिमा उल्लेख गरिएको छ।आर्थिक वर्ष ०८२/८३ सम्म नेपालमा दर्ता भएका विद्युतीय सवारीसाधनको संख्या ६३ हजार २८० पुगेको छ। सरकारले अब सुरक्षित यातायात प्रणाली, हरित तथा सार्वजनिक यातायातको विस्तार र डिजिटल भुक्तानी प्रणालीलाई प्राथमिकतामा राखेको छ।

सम्बन्धित समाचार