२०८३ कार्तिक १०, मंगलवार

ईन्जिनियर साप भ्रष्टाचारमा ः सडक डिभिजनका इन्जिनियर चौधरीविरुद्ध मुद्दा


कञ्चनपुर, साउन १४ भ्रष्टाचार गर्न गराउन, घुस खान ईन्जिनियर सहितका प्राविधिक कर्मचारी अब्बल छन । देश र जनताका लागि दीगो विकास भन्दा पनि योजनाको जन्मदेखि नै बढी स्टमेट, अनि योजना कार्यान्वयनका बेला ठेकेदारबाट कमिसनमा लिप्त हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार चौधरीले ०६५ सालदेखि ०८२ सालसम्मको अवधिमा स्रोत नखुलेको दुई करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसाबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको छ।

अनुसन्धानमा चौधरी र उनको परिवारको वैधानिक आय दुई करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ ६ पैसा रहेकोमा खर्च तथा लगानी चार करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ ४२ पैसा देखिएको अख्तियारले जनाएको छ।

आयोगले चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बराबर जरिवाना, कैद तथा गैरकानुनी सम्पत्ति जफतको माग गरेको छ। उनकी श्रीमती अर्पना कुमारीलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी कायम गरिएको छ। भ्रष्टाचारमा सडकका ईन्जिनियर परेपछि जनताले हिड्ने सडक पुल पनि कमजोर बन्दै गएको गुनासो बढिरहेको छ।

सम्बन्धित समाचार