कञ्चनपुर : भीमदत्त नगरपालिका वडा नं.१८ का वडा सदस्य हेम बस्नेतले ५४ पटक रक्तदान गरेका छन् ।
रक्तदान जिवनदान भन्ने मुल मत्रंका साथ आफ्नो सानो सहयोगले कसैको ज्यान बच्छ भने रक्तदान गर्नुपर्छ भने सोचले अहिले सम्म उलने ५४ पटक रक्त दान गरेका छन्।
तिन तिन महिनामा परिर्वतन हुने रग्त कसैले आवश्यक परेको बेला दिने गरेको बस्नेतले बताए ।समाजिक कार्यमा सदैव अग्रसर रहने बस्नेतले समाजमा रहेका दुखी गरिबहरुको दुःखमा हातेमालो गर्दै आफुले सक्दो सहयोग गर्दै आएका छन् भने बस्नेत विभिन्न सघं सगठन सँग पनि आवद्ध रहेका छन् ।
ताइकन्दो खेलमा ६ ठौं डन रहेका बस्नेत सुदूरपश्चिम प्रदेश ताइकन्दोका प्रदेश सदस्य, राष्ट्रिय उद्यान महासंघ सुदूरपश्चिमका केन्द्रीय सदस्य, भीमदत्त नगरपालिका नगर प्रहरी संयोजक रहनुका साथै फलोरिडा ईन्टरनेशनल बोडिङ्ग स्कुल र ग्लोबाल एकेडेमीका ताइकन्दो खेलका प्रशिक्षक समेत रहेका छन् ।

