खडक रावल, कञ्चनपुर ।नेपाल शिक्षक महासंघले कञ्चनपुरका स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएका छन । शिक्षक महासंघ पालिका समितिहरुले स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएका हुन । मंगलबार जिल्लाका स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको जनाएका छन । जिल्लाको दोधाराचाँदनी, भीमदत्त, शुक्लाफाँटा, बेलौरी सहितका पालिका सरकारलाई विद्यालय शिक्षा ऐन जारीको माग अघि सारेर कञ्चनपुरका स्थानीय सरकारलाई ज्ञापन बुझाएको जनाएका हुन । नेपाल शिक्षक महासंघ बेलौरीका नेता सुरेन्द्र बोहराले बेलौरीमा पनि कालोपट्टी बाँधेर ज्ञापन पत्र बुझाएको बताए । नेपाल शिक्षक महासंघ दोधाराचाँदनीका अध्यक्ष उदय बहादुर रावलले पनि दोधाराचाँदनीमा ज्ञापन पत्र बुझाएको बताए ।

