मङ्ल, साउन १२, २०८३

दीपेन्द्र सिंह ऐरी युरोपियन टी–२० प्रिमियर लिगमा अनुबन्धित


नेपाली राष्ट्रिय टी–२० टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी युरोपियन टी–२० प्रिमियर लिग (ईटिपिएल) मा अनुबन्धित भएका छन्। उनी प्रतियोगितामा एम्स्टरडाम फ्लेम्सबाट मैदान उत्रिनेछन्।

दीपेन्द्र ईटिपिएलमा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछाने पनि उक्त लिगका लागि अनुबन्ध भइसकेका छन्।

एम्स्टरडाम फ्लेम्सको कप्तानी अष्ट्रेलियाका टी–२० कप्तान मिचेल मार्शले गर्नेछन्। टोलीमा मार्श र दीपेन्द्रसँगै स्टिभ स्मिथ तथा टिम डेविडजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी पनि रहेका छन्।

युरोपियन टी–२० प्रिमियर लिग आगामी अगस्टको अन्त्यबाट सुरु हुने तालिका छ।

सम्बन्धित समाचार