यात्रुलाई दुःख दिएको आरोपमा काठमाडौंको नयाँ बसपार्कबाट २३ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
बसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई तान्ने, झोला खोस्ने तथा अनावश्यक दुःख–हैरानी दिएको भन्ने जनगुनासोका आधारमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए।
को-को पक्राउ परे ?
१. जिल्ला रुपन्देही, सैनामैना न.पा. ११ बस्ने लालबहादुर सेनको छोरा वर्ष ६० को डोलराज सेन।
२. जिल्ला गोरखा, गण्डकी गा.पा. ५ बस्ने लोकबहादुर भुजेलको छोरा वर्ष २१ को प्रदीप भुजेल ।
३. जिल्ला जुम्ला, गोठ्ठीचौर गा.पा. ४ बस्ने कृष्णचन्द्र पाण्डेको छोरा वर्ष २७ को लोकदर्शन पाण्डे ।
४. जिल्ला बाँके, कोहलपुर न.पा. ५ बस्ने प्रेम शाहीको छोरा वर्ष २३ को सन्देश शाही ।
५. जिल्ला बाँके, कोहललुर न.पा. १२ बस्ने कुलबहादुर भण्डारीको छोरा वर्ष २८ को मिलन भण्डारी ।
६. जिल्ला दाङ दंगीशरण गा.पा. ६ बस्ने डम्बरबहादुर खड्काको छोरा वर्ष २४ को रमेश खत्री ।
७. जिल्ला दाङ घोराही उ.प.म.न.पा. २ बस्ने तुलबहादुर घर्तीको छोरा वर्ष २३ को विकास घर्ती ।
८. जिल्ला रोल्पा रुन्टीगढी गा.पा. ७ बस्ने वीरबहादुर पुनको छोरा वर्ष २० को किरण पुन ।
९. जिल्ला रुपन्देही, तिलोत्तमा न.पा.११ बस्ने गणेश विश्वकर्माको छोरा वर्ष २३ को रोहित वि.क.।
१०. जिल्ला कास्की, पोखरा म.न.पा.११ बस्ने रामबहादुर शाहीको छोरा वर्ष ३२ को सन्तोष शाही ।
११. जिल्ला डडेलधुरा, अरमगढी न.पा. ७ बस्ने शोभीलाल भट्टराईको छोरा वर्ष ३२ को शिवराज भट्टराई ।
१२. जिल्ला मुगु, खप्याड गा.पा. ४ बस्ने लालबहादुर रोकायको छोरा वर्ष २३ को कविराज रोकाय ।
१३. जिल्ला दाङ, तुल्सीपुर उ.प.म.न.पा. १३ बस्ने टीकाराम खत्रीको छोरा वर्ष २५ को प्रकाश खत्री ।
१४. जिल्ला रुपन्देही, बुटवल उ.प.म.न.पा. ४ बस्ने मोहन विश्वकर्माको छोरा वर्ष १९ को रविन विश्वकर्मा ।
१५. जिल्ला उदयपुर, रौतामाई न.पा.७ बस्ने रणबहादुर मगरको छोरा वर्ष २३ को जितबहादुर मगर ।
१६. जिल्ला कैलाली, लम्कीचुहा न.पा. १० बस्ने दरबारी कठरियाको छोरा वर्ष ४० को कृष्णप्रसाद कठरिया ।
१७.जिल्ला दाङ, तुल्सीपुर न.पा. १८ बस्ने भीमबहादुर नेपालीको छोरा वर्ष १७ को विजय नेपाली ।
१८. जिल्ला कैलाली, गोदावरी न.पा. २ बस्ने डम्बर ओलीको छोरा वर्ष २७ को पदम ओली ।
१९. जिल्ला दाङ, शान्तिनगर न.पा. ५ बस्ने कुमार घर्तीमगरको छोरा वर्ष २१ को रिजन घर्तीमगर ।
२०. जिल्ला स्याङ्जा, गल्पाङ न.पा. ११ बस्ने ओमप्रसाद ज्ञवालीको छोरा वर्ष ३२ को कमल ज्ञवाली ।
२१. जिल्ला कैलाली, धनगढी न.पा.८ बस्ने कृष्ण न्यौपानेकाे छोरा वर्ष ३२ को दीपक न्यौपाने ।
२२. जिल्ला कैलाली, टीकापुर न.पा. १ बस्ने खड्ग साउदको छोरा वर्ष १९ को मनोज साउद ।
२३. जिल्ला कैलाली, धनगढी उ.प.म.न.पा. २ बस्ने चन्द्रबहादुर विष्टको वर्ष ३८ को प्रेम विष्ट ।

