कञ्चनपुर —फारवेस्ट पोष्टकी सञ्चालक तथा सञ्चारकर्मी कल्पना साउद सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोहबाट स्नातक तहको उपाधिसहित दीक्षित भएकी छन्।
शुक्रबार आयोजित दीक्षान्त समारोहमा उनले पत्रकारिता तथा आमसञ्चार (Mass Communication and Journalism) विषयमा स्नातक तह उत्तीर्ण गरेपछि औपचारिक रूपमा उपाधि ग्रहण गरेकी हुन्।कञ्चनपुरको बेलडाँडी निवासी साउद लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएकी छन्।
उनी फारवेस्ट पोष्ट मार्फत समाचार संकलन, लेखन तथा समसामयिक विषयवस्तुलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै आएकी छन्।अध्ययनसँगै पत्रकारितालाई निरन्तरता दिँदै स्नातक तह सफलतापूर्वक पूरा गर्नु उनको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
दीक्षान्त समारोहबाट उपाधि प्राप्त गरेसँगै साउदले व्यावसायिक पत्रकारितालाई अझ जिम्मेवार, तथ्यपरक र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

