शनि, असार १३, २०८३

युवा नेता प्रकास जप्रेलको प्रदेश सरकारलाई गलतबाटोमा नजान आग्रह


कञ्चनपुर, युवा नेता एव नेपाली कम्युनिष्ट पाटी(नेकपा)का प्रभावशालशि केन्द्रीय सदस्य प्रकास जप्रेलले सुदूरपश्चिम प्रदेश सरकारलाई गम्भिर हुन आग्रह गरेका छन ।

नेपाली काँग्रेंस नेकपा एमाले सम्मिलित प्रदेश सरकारले ल्याएको बजेटमा समेत भित्र र बाहिर विवाद चर्किएको प्रकरण बजेट समेत पारित भएका बेला पुर्व विद्यार्थी नेता एव नेपाली कम्युनिष्ट पाटी(नेकपा)का नेता प्रकास जप्रेलले सुदूरपश्चिम प्रदेश सरकारलाई गम्भिर हुन आग्रह गरेका हुन ।

ूप्रदेश सरकारको कार्यशैलीका कारण आज नेपाली राजनीतिप्रति नै जनविश्वास घट्दै गएको भाष्य बलियो बन्दै गएको छ। यसको ज्वलन्त उदाहरण यस वर्षको बजेट तथा नीति–कार्यक्रममा देखिएको छ, जहाँ संसदमा एउटा कुरा प्रस्तुत गर्ने र बजेट पुस्तिकामा अर्कै शीर्षक तथा व्यवस्था राख्ने कार्य भएको देखिन्छ।

सरल भाषामा भन्नुपर्दा, घुस र कमिसन दिनेहरूको पक्षमा नीति तथा कार्यक्रम बनाउने र नदिनेहरूलाई उपेक्षा गर्ने प्रवृत्तिबारे गम्भीर जनगुनासो आएको छ।यस विषयमा सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री माननीय विक्रम धामीज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ। हाम्रो उद्देश्य जनताको हित, जनताको स्रोत–साधनको न्यायोचित उपयोग तथा पारदर्शी र उत्तरदायी शासन सुनिश्चित गर्नु हो।

सम्बन्धित समाचार