सोम, जेष्ठ २५, २०८३

गड्डाचौकी भन्सार सानालाई ऐन ठुलालाई चैन भयो ः क्रान्तिकारी युवा संगठन


कञ्चनपुर, क्रान्तिकारी युवा संगठन नेपालले गड्डाचौकी भन्सार कार्यालय सानालाई ऐन ठुला व्यवसायी तस्कर समुहलाई चैन भएको आरोप लगाएको छ ।

नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालले गड्डाचौकी भन्सार कार्यालय सानालाई ऐन ठुला व्यवसायी तस्कर समुहलाई चैन भएको आरोप लगाएको हो ।

मंगलबार क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेश समितिले भन्सारदेखि महेन्द्रनगर तर्फ ३÷४ठाँउमा चेकजाँचमा नाममा गरिब, विपन्न मजदुरमाथि अन्याय गरेको जनाएको छ ।

क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेश समितिका संयोजक दिपेन्द्र सिह ऐरीले हस्ताक्षर गरेको विज्ञप्तीमा भन्सार क्षेत्रमा हुने बेथिति रोक्दै मजदुरमाथि हुने अन्याय नरोके आन्दोलनको चेतावनी दिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply