बुध, असार ३, २०८३

पैशा नहुँदा भीनपा ६ बनगाँउका मल्लको उपचारमा समस्या


कञ्चनपुर, ३असार पैशा नहुँदा कञ्चनपुर भीमदत्त नगरका एक युवा समस्यामा परेका छन । भीमदत्त नगरपालिका ६बनगाँउका भान बहादुर मल्ल उपचारमा संकटमा परेका हुन ।

अढाई बर्ष अघि सवारी दुर्घटनामा परेर घाईते भएका मल्लको दायाँ हातमा चोट लागेको थियो । महाकाली अस्पतालदेखिका भारतीय अस्पतालमा उपचार गर्दा समेत निको नभएको उनले बताए । मजदुर चालक रहेका मल्लले हातकै कारण काम गर्न समस्या भएकाले दैनिक घर खर्च समेत संचालनमा धौउधौउ भएको दुखेसो पोखेका छन ।

‘पैशा अभावमा मैले थप उपचार गर्न सकेन्, ‘उनले भने, ‘पैशा छैन, उपचारमा भएको ८÷९लाख रुपैया सकियो, थप उपचारका लागि पैशा चाहिन्छ, तर मसंग छैन ।

सहयोगका लागि मल्लले सबै पक्षसंग अनुरोध गरेका छन । चुनावका बेला नेता घरमा आउँछन, आफुलाई संकट हुँदा कोही पनि नआएको उनको दुखेसो छ । मल्लले आफ्नो ईसेवा ९७४८८५६५५६मा समेत सहयोगका लागि अपिल गरेका छन ।

सम्बन्धित समाचार