२०८३ कार्तिक ११, बुधवार

होलीफेम्ली राष्ट्रिय अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न


कञ्चनपुर, १असार कञ्चनपुरको भीमदत्त नगरपालिकामा सम्पन्न भएको अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता (च्यापियनशिप) ०८३को उपाधी बेलौरीको वात्सल्या एकेडेमीलाई पाईएको छ । कञ्चनपुर जिल्ला क्रिकेट संघको आयोजनामा भीमदत्त नगरपालिका १० जिमुवाको होलिफेम्ली ईङलिश स्कुलको मैदानमा भएको ‘होलीफेम्ली राष्ट्रिय अन्तर विद्यालय स्तरिय क्रिकेट फाईनल प्रतियोगितामा वात्सल्या एकेडेमीको टिम च्यामियनशिप बनेको हो ।

सोमबार सम्पन्न भएको फाईनल प्रतियोगितामा वात्सल्याले घरेलु मैदान होलीफेम्लीको टिमलाई हराउँदै च्यामियनशिप बन्न सफल भएको छ । टसजितेर ब्याटिङ्ग रोजेको वात्सल्याले होलीफेम्लीलाई २० ओभर, ५ विकेटमा एकसय १९ रनको टार्गेट दिएको थियो । तर, वात्सल्याको टार्गेट पुरा गर्न नसकेको होलीफेम्लीको टिमले १७.५ओभरमा ८३ मात्रै रन बनाउन सक्यो ।

जिल्लाभरीका १६विद्यालयका टिमविच भएको प्रतियोगिता विजेता टिमले अब प्रदेश स्तरिय प्रतियोगिता खेल्ने छ । विजेता तथा उपविजेता टिमलाई प्रमाण पत्र मेडल, ट्रफि प्रदान गरिएको छ । विजेता वात्सल्या टिमका खेलाडी हिमाल पन्त उत्कृष्ट ब्याट्समेन, बलर र म्याच अफ दी टुनामेन्ट घोषित भएका छन ।

प्लेयर अफ दी म्याचमा मानव विष्ट र उपविजेता होलीफेम्लीका निरज पन्त उदयमान खेलाडी घोषित भएका छन । होलीफेम्ली ईङलिश स्कुलका सहायक म्यानेजर महादेव भट्टले जिल्ला क्रिकेट संघले विद्यालयकै फिल्ड रोजेर आयोजना गरेको प्रतियोगिताले अन्तर विद्यालयका खेलाडीविच प्रतिस्पर्धादेखिका सद्भाव जगाएको बताए ।

विद्यालय तहबाटै क्रिकेट खेलकुद बृद्धि विकासमा टेवा पु¥याउने बताए । उद्घाटन प्रतियोगिता होलीफेम्ली ईङलिश स्कुलका संचालक भुपाल सिह विष्टले उद्घाटन गर्दै खेलाडी उत्पादनका लागि प्रतियोगितामा टेवा पुग्ने बताएका थिए । खेलकुदप्रेमी समेत रहेका विष्टले प्रतियोगितामा संचालनमा सहयोगको बाचा गर्दै आगामी दिनमा थप विद्यालयको सहभागिता हुनुपर्नेमा जोडडदिएका थिए ।

विजेता वात्सल्या एकेडेमी बेलौरीका प्रिन्सिपल लक्ष्मण सिह दियालले विद्यालयको अभिभावकत्व विद्यार्थी खेलाडीको मेहनतको प्रतिफल भएको बताए । बेलौरीको उक्त विद्यालय शैक्षिक उन्नयनका साथै खेलकुद क्षेत्रमा पनि अब्बल सावित गरिरहेको छ ।

होलीफेम्ली ईङलिश स्कुलका सहायक प्रिन्सिपल हरिस ठगुन्नाले विद्यालयबाटै थुप्रै क्रिकेटकै खेलाडी राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरसम्मै खेल्न सफल भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कञ्चनपुर खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहले विद्यालय स्तरबाटै क्रिकेटका खेलाडी छनौट हुने भएकाले यस्ता प्रतियोगिता अझै गाँउ गाँउमा गर्नुपर्नेमा जोडदिए । अध्यक्ष सिहले जिल्लामा निरन्तर क्रिकेट प्रतियोगिता भए थप खेलाडी उत्साहित हुने बताए ।

कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले जिल्लाबाट छनौट भएको टिमले प्रदेश स्तरिय प्रतियोगितामा सहभागिता जनाउने बताए । सहभागि विद्यालयदेखिका अन्य सरोकारवालाहरुलाई समेत मायाको चिनोदेखि प्रमाण पत्र प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार