कञ्चनपुर, असार १ सुदूरपश्चिममा बालबालिका, छात्रा, किशोरी, महिलामाथि यौनजन्य हिन्सा निरन्तर घटिरहेका छन । सुदूरमा बालबालिका, छात्रा, किशोरी, महिलामाथि यौनजन्य हिन्सा निरन्तर घटिरहेका हुन । छात्रा शिक्षकबात्रै असुरक्षित भईरहेका छन । सुदूरका विभिन्न जिल्लाहरुमा अधिकाँस शिक्षक(गुरु)बाटै छात्रामाथि यौनजन्य दुव्र्यवहारदेखिका हिन्सात्मक गतिबिधी भईरहेका छन ।
बैतडीमा विद्यालय भित्र छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक पक्राउ परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–६ थलीगडास्थित कालिका माध्यमिक विद्यालयका एक शिक्षकलाई छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले बताए ।
उनका बिषयमा यसअघि पनि यस्ता गुनासाहरु आउने गरेको र यो पटक बर्खास्त गरिएको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले बताए । बैतडीदेखिका सुदूरका विभिन्न जिल्लाहरुबाटै शिक्षक यसरी आफ्नै बालबालिकामाथि यौनजन्य गतिबिधीमा संलग्न भएपछि अभिभावक हैरान भएका छन ।
अझै कतिपय शिक्षकले छात्रामाथि अन्याय गरेका यौनजन्य घटना निरन्तर भईरहेकै छन । कतिपय गुपचुपमै छन । कञ्चनपुरको पुनर्वास नगरपालिका–५, भानुबस्तीबाट नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्की को नेतृत्वमा ६० बर्षिय सुका दौडे पक्राउ गरेको हो।प्रहरीका अनुसार दौडे माथि १३ बर्षिया नाबालिकालाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ।
घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिएका छन्।पक्राउ परेका दौडे माथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान जारी रहेको र अनुसन्धानको निष्कर्षका आधारमा थप विवरण सार्वजनिक गरिने प्रहरीले बताएको छ। सुदूरमा यसरी निरन्तर शिक्षकबाट छात्रादेखि बालिका, किशोर असुरक्षित भएका छन ।

