बेलौरी – भौतिक पुर्वाधार मन्त्री सुनिल लम्सालले भारतीय पक्षको अबरोधका कारण ७ वर्षदेखी बन्न नसकेको हुलाकी राजमार्गको समस्या चाडै समाधान हुने बताएका छन ।
सुदुरपस्चिम भ्रमणमा रहेका मन्त्री शुक्रवार कञ्चनपुरको बेलौरी पुगेर हुलाकी राजमार्गको विवाद ७ दिनमै समाधान हुने बताएका हुन ।आफै गाडी चलाएर महेन्द्रनगरबाट दैजी-डोकेबजार हुलाकी राजमार्गमा भारतिय पक्षले विगत ७ वर्षदेखि अवरोध गरिरहेको बेलौरी नगरपालिका ८ स्थित करिब डेढ किलोमीटर हुलाकी राजमार्ग भएरै बेलौरी बजार पुगेका मन्त्री लम्सालले हुलाकी राजमार्ग चाडै बन्ने आश्वासन समेत दिए।
उनले निर्माण अलपत्र रहेको हुलाकी राजमार्गको रिटेण्डर हुने समेत बताए ।बेलौरी बजारमा पार्टी नेता कार्यकर्ताले उनलाई स्वागत समेत गरेका थिए । त्यसै क्रममा उनलाई पत्रकारले प्रश्न गर्छन ‘ हुलाकी राजमार्ग भएर यहाँ (बेलौरी ) पुग्नुभयो ,आउदै गर्दा के देख्नुभयो ।
प्रधानमन्त्रीले नेपालले पनि सिमा मिचेको अभियक्ती दिनुभएको छ ,यहाँ पुग्दा चाहिँ के देख्नुभयो ? ‘जवाफमा मन्त्री लम्सालले भने’ सिमामा तनाव छ ह न यस्लाई समाधान गर्नुपर्छ ।
ल ठिक छ ‘ त्यत्तिकैमा फेरि प्रश्न ‘कहिले समाधान हुन्छ होला त? ‘ जवाफमा मन्त्रीले भने ‘म जाने बित्तिकै यो हप्तामा समाधान गर्छु ,अन्डर्स्टान्डिङको लेवलम जहिले सुकै पुगेपनी ,डाइलग चाहिँ यो हप्तामै गर्छु म यो विषयमा । त्यसपछि म अपडेट पनि गराउछु है ।
’उनले सिमा समस्या समाधान दुबै देशका प्रतिनिधि बसेरै समाधान गरिने समेत बताए ।पुर्नवासदेखी दैजीसम्मको ६२ किलोमिटर हुलाकी राजमार्ग अन्तर्गतको बेलौरी नगरपालिका ८ खप्टीनालादेखी-पचुइ सम्म करिब डेढ किलोमिटर सडक भारतिय पक्षको अवरोधका कारण अहिलेसम्म बन्न सकेको छैन ।
२०७५ सालतिर हुलाकी सडक निर्माणका क्रममा एसएसबीले त्याहा अवरोध गरेको थियो ।हुलाकी सडक स्ट्रीप नक्साका आधारमा आफ्नो दाबी गरिरहेको भारतले त्यसयता निर्माण गर्न दिएको छैन । त्यहाँ पटक पटक निर्माणको प्रयास गरिए पनि भारतले अवरोध गरिरहेको हुन्छ ।


