शुक्र, जेष्ठ २९, २०८३

कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष जोशी समाजिक काममा


कञ्चनपुर, कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष पिताम्बर जोशी समाजिक काममा जुटेका छन । पुर्व अध्यक्ष जोशी पहाड दार्चुला पुख्र्यौली गाँउघरमा उनले निजी सडक बनाउन लागेका हुन ।

अमृत डिष्टिलरीका संचालक समेत रहेका जोशीले सरकारले गर्ने काम आफ्नै निजी लगानीमा गर्न लागेका छन । यातायातको पहुँचबाट टाढा रहेका ग्रामीण बस्तीहरूलाई जोड्न जोशीले दार्चुलाको मालिकार्जुन गाउँपालिकामा आफ्नै निजी लगानीमा हन्सेश्वर–उकु–महल–श्रीपुर–पासादेउ सडक निर्माण कार्य गरिरहेका हुन ।

स्थानीय जनक जोशीले पासादेउ पईकिधार खण्डमा ट्र्याक खोल्ने काम भइरहेको बताउँदै यो क्षेत्रमा झण्डै चार किलोमिटर सडक काट्ने योजना छ । उनका अनुसार कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एव नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका पिताम्बर जोशीको निजी लगानीमा उक्त सडक निर्माण गर्न लागिएको छ ।

उक्त सडक सम्पन्न भएसँगै मालिकार्जुन गाउँपालिकाका वडा नम्बर ४, ६, ७ र ८ का स्थानीयलाई सहज हुने उनले बताए । सडक अभावका कारण दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न तथा बिरामी पर्दा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता हट्न उनको विश्वास छ ।

उनले भने ‘निजी लगानीमा यति ठुलो सडक निर्माण हुनु सिंगो गाउँपालिकाकै लागि गौरवको कुरा हो। यो सडक बनेपछि सबैको लागि सहजता आउने छ । उद्योग र वाणिज्य क्षेत्रमा सफल व्यक्तित्वका रूपमा स्थापित जोशीले आफ्नो व्यावसायिक सफलतालाई जन्मभूमिको सेवामा जोडेर समाजमा एउटा नयाँ सन्देश दिन काम गरेको बताए ।

राज्यको बजेट पर्खेर बस्ने परिपाटीका बीच आफ्नै व्यक्तिगत सम्पत्ति खर्चेर गाउँ सडक पु¥याउने उनको यो कदमले अन्य व्यवसायी र समाजको नेतृत्व गर्ने व्यक्तिहरूलाई समेत सकारात्मक कामका लागि उत्प्रेरणा गर्ने छ । यो सडकले मालिकार्जुनको आर्थिक, सामाजिक र कृषि क्षेत्रको विकासमा मदता पुग्ने छ । यस अघि पनि उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष जोशीले विवित समाजिक काम गर्दै आएका छन ।

सम्बन्धित समाचार