बुध, जेष्ठ २०, २०८३

होलीफेम्लीको मैदानमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिताशान्ति निकेतन माविले भारी रनले जित्यो


आदित्य जोशी कञ्चनपुर, १७ जेठ कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवाको होलीफेम्ली ईङलिश मिडियम स्कुलको आयोजनामा शनिबारदेखि शुरु भएको अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिता निरन्तर जारी रहेको छ । होलीफेम्ली ईङलिश मिडियम स्कुल, होलीफेम्ली स्र्पोट एकेडेमीको आयोजना र भीमदत्त नगरपालिकाको सहआयोजनामा पहिलो पटक नगरका माध्यामिक तह विद्यालयका टिमविच क्रिकेट प्रतियोगिता निरन्तर जारी रहेको हो ।

प्रतियोगिताको तेस्रो खेलमा शान्ति निकेतन माध्यामिक विद्यालयले भारी रनले जितेको छ । डाईमण्ड एकेडेमीसंग शान्तिले भारी रनका साथ जितेको छ । डाईमण्डले टस जितेर पहिलो फिल्डिङ रोजेको थियो । शान्ति निकेतनले १८ओभरमा अलवाट हुँदै ११३रनको टार्गेट दिएको थियो । शान्ति निकेतनसंगको जवाफमा २६रनमै सीमित रह्यो । शान्तिका तर्फबाट आयुस ठगुराठी, आदित्य तिरुवाले २÷२विकेट लिएका थिए ।

टिमका कप्तान ईशान दौल्याल म्यान अफ दी म्याच घोषित भएका छन । होलीफेम्ली ईङलिश मिडियम स्कुलका संचालक भुपाल सिह विष्टले विद्यालयकै खेलकुद मैदानमा क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताएका थिए । संचालक विष्टका अनुसार भीमदत्त नगरपालिका, जिल्ला क्रिकेट संघ सहितका सरोकारवाला निकायको समन्वय, सहयोग, सहकार्यमा नगरपालिका मावि स्तरिय क्रिकेट प्रतियोगिता आयोजना गरिएको र भीमदत्त नगरपालिका भित्रकै माध्यामिक तहका विद्यालयविच प्रतिस्पर्धा हुनेछ ।

विद्यार्थीहरुमा खेलकुदको विकास, अनुशासन, नेतृत्व विकास, स्वास्थ्य जिपनशैली सकारात्मक मार्ग तर्फ प्रेरित गर्नुका साथै समाजमा भाईचारा, सहकार्य एव प्रतिस्पर्धात्मक भावनाको विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए । आगामी दिनमा प्रतियोगिता थप स्तरिय बनाउने संचालक विष्टको सकल्प छ । प्रतियोगिताको उद्घाटन गर्दै भीमदत्त नगरपालिका समाजिक विकास समितिका सयोजक शुशिल भट्टले पालिका सहितको अपनत्व हुने गरेर आयोजना गरिएको प्रतियोगिताले क्रिकेट क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।

भट्टले विद्यालय स्तरटबाटै हुने प्रतियोगिताले कञ्चनपुर क्रिकेटकै हब बन्ने दावि गरेका छन । प्रमुख अतिथि समेत रहेका भट्टले अम्पायरलाई ब्याट,बल हस्तान्तरण गरेका छन । होलीफेम्ली ईङलिश मिडियम स्कुलका सहायक म्यानेजर महादेव प्रशाद भट्टले कञ्चनपुर जिल्लामै क्रिकेटका खेलाडी उत्पादनदेखि खेलकुद बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

‘क्रिकेट खेलकुदको बृद्धि विकास गरेर खेलाडी उत्पादन गर्ने हाम्रो मुल लक्ष्य हो, ‘उनले भने, ‘विद्यालय स्तरबाटै क्रिकेटका खेलाडीको अन्तरनिहित क्षमता प्रस्फुटन हुनेछ ।’ होलीफेम्ली स्र्पोट र एकेडेमीले समेत थुप्रै क्रिकेटका खेलाडी उत्पादन गरेर राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरसम्मै पहिचान बनाउन सफल भएको बताउँदै थप नगर जिल्लामै खेलाडीको बृद्धि विकासका लागि उक्त कार्यक्रम संचालन गरिएको बताए ।

प्रतियोगिता लिग नकआवटका आधारमा संचालित हुनेछन । प्रतियोगितामा नगरका १८टिमविच प्रतिस्पर्धा गराईनेछ । निःशुल्क टिम दर्ताका साथै सबै प्रतियोगिता आईसीसी तथा क्यानको नियम अनुरुप खेलाईनेछ । प्रतियोगिता विजेता टिमलाई नगद ५१ हजार, १सय ११, उपविजेता टिमलाई नगद ३१ हजार, १सय ११रुपैया सहित ट्रफि, मेडल, प्रमाण पत्र वितरण गरिनेछ । हरेक प्रतियोगितामा मेन अफ द मेचका साथमा ट्रफि प्रदान गरिनेछ ।

बेष्ट ब्याटसेन ट्रफि सहित २५सय, बेष्ट बलर ट्रफि सहित २५सय, बेष्ट फिल्डर ट्रफि सहित २५सय, मेनअफ द सिरिज ट्रफि सहित ३ हजार, उदयमान खेलाडी र मेद अफ द मेचलाई ट्रफि सहित नगद १५सयका दरले पुरस्कार प्रदान गरिनेछ । हरेक खेलाडीको उमेर १९ं बर्षमुनी हुनुपर्ने तोकिएको र प्रतिस्पर्धी टिमहरुलाई चार समुहमा विभाजन गरेर खेल संचालन गरिनेछन । होलीफेम्ली ईङलिश मिडियम स्कुलका सहायक प्रिन्सिपल हरिस ठगुन्नाले नगरकै विद्यालयका विद्यार्थीविच अन्तर प्रतिस्पर्धात्मक भावनाको विकास हुने बताए ।

प्रतियोगिताले प्रतिभावना खेलाडीको पहिचानदेखि सकारात्मक सोच विचार उत्पन्न हुने भएकाले समुदाय र विद्यालयविच प्रतिस्पर्धा हुनेछ । सहायक प्रिन्सिपल ठगुन्नाले विद्यालयकै क्रिकेट एकेडेमीका ९ प्रशिक्षार्थी खेलाडी जिल्लाकै क्रिकेट संघको टिममा सहभागि भएर प्रदेशस्तरिय प्रतियोगितामा सहभागि भएको बताए । उनका अनुसार होलीफेम्लीकै विद्यार्थी थुप्रै राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा क्रिकेट प्रतियोगिता खेलिसकेका छन ।

कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले भीमदत्तकै होलीफेम्ली विद्यालयले प्रदेशमै पहिलो पटक ठुलो आयोजना गर्न लागेको बताए । उनले विद्यालयबाटै हुने मावि स्तरिय क्रिकेट प्रतियोगिताले थप क्रिकेटको बृद्धि विकासका साथै खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । लिटिल स्टारका प्रिन्सिपल शमरजंग बहादुर चन्दले निजी विद्यालयबाटै आफ्नै ग्राउनमा यतिठुलो प्रतियोगितामा सरानिय काम भएको प्रसंसा गरेका छन ।

भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले विद्यालयबाटै पहिलो पटक मावि स्तरिय प्रतियोगिता संचालन हुन लागेको बताए । शिक्षा शाखा प्रमुख जोशीले पालिका सहित विद्यालयले पहिलो पटक अन्तर मावि स्तरिय प्रतियोगिताले खेलकुदका साथै थुप्रै क्षेत्रमा आयाम थप्ने बताए । नगरभरीकै विद्यालयका टिमटिम हुने क्रिकेट प्रतियोगिता हुने भएपछि खेलाडीको अवसरदेखि दर्शकहरुले अवलोकनका लागि स्थानीय क्रिकेटका पारखीलाई सहज हुने भएको छ । प्रतियोगिता २४जेठसम्मै संचालन हुनेछ ।

सम्बन्धित समाचार